भारतका लागि नयाँ राजदूतबारे छलफल गर्न मन्त्रिपरिषद बैठक बस्दै

logo copyमन्त्रिपरिषद वैठक आज वस्दैछ । सिंहदरवारमा अपरान्ह ४ वजेपछि बस्ने बैठकमा सरकारको नियमीत काम कारवाही, वौद्ध सम्मेलनमा दिईने अवार्ड र केही महत्वपुर्ण राजनीतिक विषयमा छलफल हुने बताईएको छ ।

भारतका लागि नेपाली राजदुत दिपकुमार उपाध्यायालाई सरकारले फिर्ता बोलाएसंगै नयाँ राजदुत नियक्ति सिफारिस सम्वन्धमा समेत आजको वैठकमा छलफल हुने एक मन्त्रीले जानकारी दिए ।

राजदूतका लागि एमाले भित्रैबाट केही नेताहरुले लविङ सुरु गरेको चर्चा छ । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा आवश्यक समन्वय गर्न नसकेको, सरकारी स्विकृत विना तराई भ्रमण गरेको, सरकारलाई असहयोग गरेको लगायत आरोप लगाउदै सरकारले उपाध्ययलाई फिर्ता बोलाएको थियो ।

प्रकाशित मितिः ६ जेष्ठ २०७३, बिहीबार ०५:५६

Leave a Reply

Your email address will not be published. Required fields are marked *