हामी ओली सरकारको हैरान साझेदार

rarakhabar copyसुर्खेत, २४ जेठ ।
सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टी पूर्व अध्यक्ष पशुपति शमशेर जवराले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सरकार परिवर्तन गर्नुपर्ने वताउनु भयो ।
राप्रपा सुर्खेतले वीरेन्द्रनगरमा गरेको पत्रकार भेटघाट उहाँले जनअपेक्षा अनुसार काम गर्न नसक्ने सरकारको औचित्य सकिएको उल्लेख गर्नुभयो । ओली सरकारको कार्यशैलीप्रति असन्तुष्टी पोख्नु उहाँले औपचारिक निर्णय नगरेपनि राप्रपा सरकार परिवर्तन गर्नु पर्छ भन्ने मान्यतामा रहेको उल्लेख गर्नुभयो ।
वहुसंख्यक हिन्दुहरुको भावना विपरीत नेपाललाई धर्म निरपेक्ष वनाइएको उल्लेख गदै राणाले धर्म निपेक्षतालाई जनमत जनमत संग्रहवाट टुग्याउनु बताउनु भयो । उहाँले भन्नुभयो बहुमतको कदर गदै जनमत संगंहवाट मात्रै यसको छिनोफानो गर्नुपर्छ । सरकारको नेतृत्व परिवर्तन वारे चर्चा चलिरहेको वेला उहाँले भद्र सहमतिको कुरा गर्ने नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरु नै कति भद्र छन भनेर हेर्न सुझाव दिनुभयो ।
भुकुम्प पीडितका साथै सुर्खेत लगायत विभिन्न जिल्लाका वाढीपीडितको समस्याप्रति सरकार उदासिन भएको आरोप लगाउदै उहाँले भुकुम्प र वाढी पीडित जनताको पुर्नवासको लागि पहल चाल्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।
हरेक जनताले स्वीकार गर्ने तरिकाले संविधान कार्यान्वयन गर्नुपर्ने भन्दै उहाँले तराइमा दुई प्रदेश वनाएर वाकी काम आयोगमार्फत टुग्याउने गरी काम अघि वढाउनु पर्नेमा उहाँले जोड दिनुभयो । राष्टिय प्रजातन्त्र पार्टीले कालिकोटमा गर्न लागेको आमसभामा जान लाग्नु भएका राणासगँै महामंत्रीदोय वुद्धिमान तामाड र विक्रम पाण्डे, पुर्वमंत्री सुनिलबहादुर थापा लगायत नेताहरु रहनु भएको छ ।

प्रकाशित मितिः २४ जेष्ठ २०७३, सोमबार ०६:१६

Leave a Reply

Your email address will not be published. Required fields are marked *