प्रचण्ड भन्नुहुन्छ ओलीजीले आपत्ति मान्नु हुदैन

0_132319
सुर्खेत, २८ जेठ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अव राष्ट्रिय सहमतिको सरकारको विकल्प नभएको वताउनु भएको छ ।
संविधान कार्यान्वयन गर्न, मधेसी, थारु, आदिवासी जनजातिले उठाउदै आएको मुद्धालाई सम्वोधन गर्न तथा पुर्ननिर्माणको लागि राष्ट्रि«य सहमतिको विकल्प छैन उहाँले भन्नुभयो । माओवादी पार्टीको चाहाना एउटा सरकार गिराएर अर्को वनाउने वनाउने नभई अहिले देखिएका समस्या समाधानको लागि राष्ट्रिय सहमतिको सरकार वनाउनु पर्छ भन्ने हो । त्यसैले जसकोमा सहमति जुटछ त्यसलाई सवैले स्वीकारेर जानुको विकल्प छैन उहाँले भन्नुभयो ।
प्रेस सेन्टर सुर्खेतले वीरेन्द्रनगरमा गरेको पत्रकार घेटघाटमा अध्यक्ष प्रचण्डले भन्नुभयो जस्कोमा सहमति हुन्छ त्यसलाई सवैले मान्छुपर्छ । ओलीजीकै नेतृत्व सहमति हुन्छ भनेपनि माओवादीलाई आपत्ति छैन । अर्कोमा सहमति भएपनि ओलीजीले आपत्ति मान्नु हुदैन । स्थानीय, प्रदेशीक र संघिय निर्वाचन भएर नयाँ प्रतिनिधी सभा नआउदासम्म प्रमुख दलहरुवीच एकता आवश्यक रहेको उहाँले जोड दिनुभयो ।
मधेसवादी दलले उठाउदै आएको मागप्रति लक्षित गदै उहाँले संविधान पुर्नलेखन सम्भव नभएको बताउनु भयो । संविधान पुर्नलेखन सम्भव छैन संशोधनवाट असन्तुष्ट पक्षको माग सम्वोधन गर्न सकिन्छ । मधेशका समस्या समाधान गर्न संविधान संशोधन काफी रहेको उहाँको भनाई छ । अहिले मधेसको मुद्धालाई समान्य मुद्धा भन्दै जवरजस्ती धकेलिन खोजिए यो मुलुकको लागि ठुलो दुभाग्र्य हुनुसक्ने उहाँले चेतावनी दिनुभयो ।
सरकारले राम्रो तयारी नगरी निर्वाचनको घोषणा उल्लेख गदै उहाँले तत्काल चुनाव सम्भव नभएको वताउनु भयो । उहाँले प्रमुख दलवीच सहमति गरेर मात्र चुनावमा जानु पर्नेमा जोड दिनुभयो । अहिलेकै अवस्थामा चुनाव सम्भव छैन, नयाँ संरचनापछि मात्र चुनाव गर्नुपर्छ । उहाँले स्थानीय निकाय पुर्नसंरचना आयोगको प्रतिवेदनपछि मात्र स्थानीय निकायको चुनाव गराउदा राम्रो हुने उल्लेख गर्नुभयो ।

प्रकाशित मितिः २८ जेष्ठ २०७३, शुक्रबार ०८:५४

Leave a Reply

Your email address will not be published. Required fields are marked *