
सुर्खेत १२, असार ।
राप्रपा नेपालको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन नेपालको केन्द्रीय सदस्यमा सुर्खेतका सन्तोषी शाही र उत्तम गिरी निर्वाचिन हुनु भएका छन ।
यहि असार ९ र १० गते काठमाडौ सम्पन्न संगठनको महाधिवेसनवाट शाही र गिरी केन्द्रीय सदस्यमा निर्वाचत भएका हुन ।
महाधिवेशनले प्रकाश रिमालको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय समिति चयन गरेको वताएको छ ।
राप्रपा नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापा, महामन्त्री डा. धवलशमशेर राणा, राजेन्द्र लिङ्देनको उपस्थीतिमा महाधिवेसन भएको हो ।