सुर्खेत १३, असार ।
नेकपा माओवादी केन्द्र सुर्खेतको जिल्ला अधिबेशन आयोजक कमिटीको संयोजकमा कृष्ण जिसी चयन भएका छन ।
वीरेन्द्रनगरम भएको केन्द्रको एकता भेलाले जिसीको संयोजकत्वमा ४ सय ७५ सदसिय आयोजक कमिटी गठन गरेको हो ।
आगामी कात्तिक महिनासम्म जिल्ला अधिबेशन गर्ने गरी अधिवेशन तयारी कमिटी गठन गरिएको माओवादीले जनाएको छ ।
एकतामा सहभागी भएका सबै नेता तथा कार्यकर्ताहरुलाई समेटने गरी केन्द्रमा जस्तै सुर्खेतमा पनि जम्बो कमिटी वनाइएको छ ।
भेला आयोजक कमिटीमा पुर्व जिल्ला कमिटीका सदस्य, सक्रिय नेताकार्यकर्तालाई राखिएको छ ।
एकता भेला तथा प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रका स्थायी समिति सदस्य कालिबहादुर मल्लले अहिले पार्टी भित्र देखिएको असन्तुष्टि अधिबेशनपछि मेटिएर जाने दावी गरेका छन ।
यस्तै पोलिटब्युरो सदस्य मायाप्रसाद शर्माले अब संगठनलाई तल्लो तहदेखि नै सुदृढ बनाएर अघि बढ्ने बताए ।