सुर्खेत १७, असार ।
नेकपा क्रान्तिकारी माओवादीका नेता हरिभक्त कँडेलले नेकपा माओवादी केन्द्रको क्रान्तिकारी धारको समाप्त भएको दावी गर्नु भएको छ ।
शुक्रवार सुर्खेतको वीरेन्द्रनगरमा भएको पत्रकार सम्मेलनमा उहाँले बैचारिक र कार्यदिशा दुवै हिसाबले केन्द्रको क्रान्तिकारी धार नै समाप्त भएकोले उल्लेख गर्नुभयो ।
पश्चिम कमाण्ड तथा भेरी कर्णाली इन्चार्ज समेत रहनु भएका कंडेलले आफूहरु एकता बिरोधी नभई माओवादी केन्द्रमा पुगेको बादल समूह नै एकता बिरोधी भएको आरोप लगाउनु भयो ।
यस्तै केन्द्रीय सदस्य चक्रपाणी शर्माले माओवादी केन्द्र पतनको बाटोमा पुगिसकेको बताउनु भयो ।
उहाँले अब आफूहरु जनमत तयार गर्न प्रचार प्रसार अभियानमा जुटेको समेत उल्लेख गर्नुभयो ।
भेरी–कर्णालीको बैठकले राष्ट्रिय भेलाले पारित गरेका संघर्ष सम्बन्धीका योजनाहरु तथा कार्यक्रमलाई राज्यस्तरमा कार्यान्वयन गर्ने, राज्य भित्रका जिल्ला पार्टी, जनवर्गिय मोर्चाको पुनरगठन गर्ने निर्णय गरेको छ ।
भेलाले चक्रपाणी शर्माको नेतृत्वमा माथिल्लो कर्णाली संघर्ष समिति गठन गरेको छ ।
यस्तै पार्टी केन्द्रीय सदस्य धनजित शाहीको नेतृत्वमा भेरी–कर्णाली राष्ट्रिय मुक्ति मोर्चा निर्माण गरेको छ ।