पछाडी पारिएको वर्गको उत्थानको लागि काँग्रेस सधै क्रियाशिल – सभापति रेग्मी

12308767_130290004002832_1362529955053694720_n-1सुर्खेत २४, असार ।
नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले दलित र आदिवासी जनजातिको समस्या समाधानका लागि पार्टी सदैव गम्भिर भएर लागेको वताएका छन ।
जिविस अन्तर्गतको दलित समन्वय समितिको सहयोगमा भएको भेरीगंगा–१ मैनतडामा भएको कार्यक्रममा उनले जातिय छुवाछूत मुक्त समाज बनाउनका लागि कांग्रेसले विगतदेखि नै आफूलाई क्रियाशील बनाउदै आएको दावी गरे ।
उनले विगतमा जस्तै आगामी दिनमा पनि काँग्रेस जातिय भिवेद अन्त्य गर्न र पछाडी पारिएको वर्गको उत्थानको लागि थप क्रियाशील हुने प्रतिवद्धता समेत जनाए ।
कार्यक्रममा कांग्रेस कोषाध्यक्ष अनन्त पौडेल, दलित जिल्ला समन्वय समितिका उपाध्यक्ष भीमबहादुर परियारलगायतको बोलेका थिए ।
कार्यक्रम जातीय छुवाछूत मुक्त गाविस अभियान संचालन समितिका अध्यक्ष पर्से कामीको अध्यक्षतामा भएको हो ।
यसैवीच भेरीगंगा नगरपालिकामा जातीय छुवाछूत तथा विभेद न्यूनीकरणका लागि संजाल गठन गरिएको छ ।
नगरपालिकाका नायव सुव्वा कूलबहादुर खड्काको संयोजकत्वमा ३५ सदस्यीय संजाल गठन भएको हो ।
करिव एक सय जनाको उपस्थिति रहेको कार्यक्रममा उपाध्यक्ष परियारसहित रमेश सुनाम, शशिराम सुनार र भेरीगंगा नगरपालिकाका नासु कूलबहादुर खड्काले सहजीकरण गरेका थिए ।
यस्तै जिविस अन्तर्गतको आदिवासी जनजाति समन्वय समितिको सहयोगमा आदिवासी जनजाति समन्वय समिति भेरीगंगाको आयोजनामा एक दिने आदिवासी जनजाति क्षमता अभिृबृद्धि तालिम मैनतडामा सम्पन्न भएको छ ।
तालिममा नेपाली कांगे्रस सुर्खेतका सभापति कमलराज रेग्मीले तालिमले आदिवासी जनजातिहरुको क्षमता बृद्धि हुने अपेक्षा राखेका छन ।
समितिका अध्यक्ष लालबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस कोषाध्यक्ष अनन्त पौडेल, आदिवासी जनजाति समन्वय समितिका उपाध्यक्ष पूर्णबहादुर रानालगायतले बोलेका थिए । तालिममा ५० जनाको सहभागिता थियो ।

प्रकाशित मितिः २४ असार २०७३, शुक्रबार १०:२६

Leave a Reply

Your email address will not be published. Required fields are marked *