बजेट, नीति तथा कार्यक्रमलाई जनतामा पुरयाउनु पर्छ – एमाले नेता कँडेल

yemlaसुर्खेत २४, असार ।
मनेकपा एमाले सुर्खेतले प्रदेशनम्वर ६ मा निर्माण गर्ने भनिएका राष्ट्रिय गौरवका आयोजनाहरु निर्माण कार्यमा तिव्रता दिन ध्यानाकर्षण गराएको छ ।
वीरेन्द्रनगरमा ३ दिनसम्म बसेको एमाले जिल्ला कमिटिको चौथो पूर्ण बैठकले आयोजनाहरु निर्माणमा ढिलाई भइरहेकाले आयोजनाहरुको कार्यन्वयनमा तिव्रता दिन सरकारको ध्यानाकर्षण गराएको हो ।
भेरी बबई डाइर्भसन, चौकुने सिमेन्ट उद्योग, लखरपाटा सिमेन्ट उद्योगलगायत अन्य आयोजनाहरु प्रदेश नम्वर ६ को समृद्धी र समुन्नतिमा महत्व राख्ने आयोजनाहरु रहेकाले कार्यान्वयनमा ढिला गर्न नहुने एमालेको भनाई छ ।
बैठकले सुर्खेत जिल्लामा २०७१ साउन महिनामा आएको बाढि पहीरोबाट विस्तापितहरुको उपयूक्त व्यवस्थापन हुन नससकेकाले तत्काल सम्बोधन गर्नका लागि सरकारले गरेका निर्णयहरुलाई यथासिघ्र कार्यान्वयनका लागि पहल गर्ने समेत निर्णय पनि गरेको छ ।
कार्यक्रममा एमालेको पोलिटव्यूरो सदस्य यामलाल कँडेलले निति तथा कार्यक्रम र बजेटलाई जनस्तरमा व्यापक प्रचारप्रसार गर्दे कार्यान्यनमा सहयोग पु¥याउनका लागि मातहतका कमिटिहरुलाई निर्देशन दिएका छन ।
उनले सरकारले ल्याएको बजेट तथा नीति जनपक्षिय भएकोले जनतासम्म पुरयाउनु पर्नेमा समेत जोड दिए ।
पोलिटव्यूरो सदस्य कँडेलको प्रमुख आतिथ्य तथा केन्द्रिय अनुशासन आयोग सदस्य बालाराम शर्माको उपस्थिति र जिल्ला कमिटी अध्यक्ष ध्रुव कुमार शाहीको अध्यक्षतामा वैठक भएको हो ।

प्रकाशित मितिः २४ असार २०७३, शुक्रबार १०:४१

Leave a Reply

Your email address will not be published. Required fields are marked *