विपीलाई सम्झदै सुर्खेत काँग्रेस

20160721_121341
नेपाली कांग्रेस क्षेत्र नम्बर २ सुर्खेतले गरेको विपि बिचार गोष्ठी ।
20160721_121351
नेपाली कांग्रेस क्षेत्र नम्बर २ सुर्खेतले गरेको विपि बिचार गोष्ठीका सहभागीहरू।
1437542928
विपी काेइराला ।

सुर्खेत, ६ साउन ।
३४ औं बिपी स्मृति दिवस विहिवार सुर्खेत सहित मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइएकाे छ ।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नु भएका कांग्रेसका संस्थापक नेता एंव नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको सम्झनामा बिभिन्न कार्यक्रम गरि मनाइएकाे हाे ।
यसै सन्दर्भमा ३४ औं बिपी स्मृति दिवस नेपाली काँग्रेस क्षेत्र न २ सुर्खेतले वीरेन्द्रनगरमा गरेको कार्यक्रमका सहभागीले विपीकै प्रजातान्त्रिक समाजवादकै नेपाल प्रगतिको वाटोमा लम्किरहेको वताएका छन ।
विपीले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादको महत्व र उपयोगीता २१ औ शताव्दीमा पनि उत्तिकै सान्र्दभिक रहेको चर्चा उनीहरुले गरेका छन ।
काग्रेसका संस्थापन नेता विपी कोइरालाको विचार र सिद्धान्तलाई जनताको घरदैलोसम्म पुरयाउन सकेमात्र उहाँको सच्च अनुयायी हुनेमा उनीहरुले जोड दिएका छन ।
कार्यक्रममा नेपाली काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले प्रजातान्त्रिक समाजवादका प्रणेता विपी नेपालका मात्र नभई एसियाकै नेता भएको उल्लेख गर्नूभयो ।
उहाँले विपीकै कारण नेपालमा प्रजातन्त्रको स्थापना भएको र जनता अधिकार सम्पन्न भएको उल्लेख गर्नुभयो ।
मध्यपश्चिम विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रध्यापक डा. राधा  शाहले विपीको विचार आजपनि उत्तिकै सान्दर्भिक भएको उल्लेख गदै सत्तामुखी नभई जनतामुखी हुन काँग्रेसलाई सुझाव दिनुभयो ।
नेपाली काँग्रेस सुर्खेतका पूर्व सभापति डम्वरविक्रम जिसीले जहानिया राणा शासनको अन्त्य गर्न र ३० वर्षे पञ्चायती शासन विरुद्ध विपीले गरेको संर्घषलाई नेपाली जनताले कहिल्यै पनि भुल्न नसक्ने दावी गर्नूभयो ।
यस्तै मध्यपश्चिम विश्वविद्यालयका पूर्व डिन पीताम्वर ढकालले विपीकै योगदान र संर्घषका कारण नेपाली सामाज अहिले यो अवस्थामा आईपुगको चर्चा गर्नुभयो ।
कार्यक्रममा काँग्रेस सुर्खेतका कोषाध्यक्ष अनन्त पौडेल, नगर सभापति देवकुमार सुवेदी, मध्यपश्चिम यातायातच व्यवसायी समितिका अध्यक्ष विष्णुवहादुर खड्का, नेपाल महिला संघका अध्यक्ष पार्वती गिरी लगायतले विपीको व्यक्तित्वमाथी चर्चा गर्नु भएको छ ।
कार्यक्रम नेपाली काँग्रेस क्षेत्र न २ सुर्खेतका सपभाति नारायणकुमार कोइरालालको सभापतित्वमा भएको हो ।
यसैवीच विपी चिन्तन प्रतिष्ठान सुर्खेतले पनि बीरेन्द्रनगरमा ३४ औं बिपी स्मृति दिवसको अवसरमा चिया मिलन कार्यक्रम आयोजना गरेको छ ।
को हुन विपी
२०१५ सालको आमनिर्वाचनमा काँग्रेसले दुई तिहाई बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाकालागि राजनीतिक नेतृत्व प्रदान गर्नु भएको थियो ।
२०१७ पुस १ गते तत्कालिन राजा महेन्द्रले जननिर्वाचित सरकार अपदस्त गरि कोइराला लगायतका नेतालाई बन्दी बनाएपछि उहाँहरु जेल पर्नुभएको थियो ।
विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेल मुक्त हुनुभएका कोइरालाले ८ वर्षसम्म भारतमा निर्वाचित जीवन बिताउनु भएको थियो ।
राष्ट्रियता कमजोर भएको भन्दै २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई विपि लगाएतका नेताहरु स्वदेश फर्केपनि उहाँहरुलाई फेरि पक्राउ गरिएको थियो ।
विपिले अपनाएको मेलमिलापको नीति अहिले पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक भएपनि दलहरुले यसलाई अनुसर नगरेको बिश्लेषकरुले टिप्पणी गर्दै आएका छन ।
नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’, तथा ‘बाबु, आमा र छोरा’ गरी ६ वटा उपन्यास प्रकाशित भएका छन् ।
यसैगरी उहाँका ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, कथा संग्रह चर्चित छन ।
राजनीतिका साथै साहित्यका क्षेत्रमा पनि अतुलुनिय योगदान पु¥याउनु भएका विपीको २०३९ साउन ६ गते निधन भएको थियो ।

यसैवीच विपी चिन्तन प्रतिष्ठान सुर्खेतले पनि बीरेन्द्रनगरमा ३४ औं बिपी स्मृति दिवसको अवसरमा चिया मिलन कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा सहभागी काँग्रेसका नेता कार्यकर्ताले विपीको फोटोमा पुस्प गुच्चा अर्पन गरेका थिए ।

प्रकाशित मितिः ६ श्रावण २०७३, बिहीबार ०७:२६

Leave a Reply

Your email address will not be published. Required fields are marked *