युवा परिषद् सुर्खेतको अध्यक्षमा टेकेन्द्र बस्नेत

FB_IMG_1469271686140
टेकेन्द्रकुमार बस्नेत

सुर्खेत, ८ साउन ।
अनेरास्ववियु पूर्व केन्द्रिय कमिटी सचिवालय सदस्य एवम् नेकपा एमाले सुर्खेतका युवा नेता टेकेन्द्रकुमार बस्नेत राष्ट्रिय युवा परिषद् सुर्खेतको अध्यक्षमा नियुक्त हुनु भएको छ ।
युवा तथा खेलकुद मन्त्रालयले बस्नेतलाई शुक्रवार ४ बर्षे कार्यकालका लागि अध्यक्षमा नियुक्त गरेको हो । बस्नेतले अध्यक्षमा नियुक्त भएपछि आफूले युवाहरुको लागि सक्दो काम गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।
परिषद्ले युवाहरुलाई दुव्र्यसनबाट रोक्न, स्वरोजगार, युवाहरुबीच जागरण ल्याउन, शैक्षिक रोजगार, कृषि उद्यममा लाग्नका लागि प्रेरणा दिने उहाँले वताउनु भयो ।
युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत गठन भएको युवा परिषद्ले आफ्नो मतहतका जिल्ला परिषद्का ६० जिल्लामा अध्यक्षहरु नियुक्त गरेको हो ।
यस्तै कालीकोट तुलाराज मल्ल, जुम्ला रतननाथ योगी, जाजरकोट नारायण घर्ती, हुम्ला कमल बोहरा, दाङ सुरेश रावत, रोल्पा ठाकुर ओली, रुकुम जीवन खडका, सल्यान जनक बिक, प्युठान नेगमसिंह कुँवर र अछामको अध्यक्षमा मिना सुवेदी नियुक्त हुनु भएको छ ।
परिषद्ले १५ वटा जिल्लामा जिल्ला अध्यक्ष मनोनयन गर्न बाँकी छ । नियुक्त भएका जिल्ला अध्यक्षहरु मध्ये १८ जना युवा संघमा आवद्ध युवाहरु रहेका छन् ।

प्रकाशित मितिः ८ श्रावण २०७३, शनिबार ११:०७

Leave a Reply

Your email address will not be published. Required fields are marked *