नयाँ शक्तिका संयोजक डा. भट्टराई सुर्खेत आउदै

20150531interview-baburam-bhattarai-600x0सुर्खेत, १० साउन ।
नया शक्ति नेपालको छैठौं प्रदेश भेला साउन १२ गते सुर्खेतमा हुने भएको छ ।
भेलामा नया शक्ति नेपालका केन्द्रीय संयोजक एवंपूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, सहसंयोजक रामचन्द्र झा, देवेन्द्र पौडेललगायतका शीर्ष नेताहरुको सहभागी हुने वताएको छ ।
साेमवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी पार्टीका ६ नं. प्रदेशका संयोजक भक्तबहादुर शाहले पार्टीको आन्तरिक प्रशिक्षण र केन्द्रीय भेलाको भाव सम्प्रेष्ण गर्न शीर्ष नेतृत्व सुर्खेत आउने
बताउनु भयो ।
दुई दिनसम्म चल्ने भेलामा प्रशिक्षणका साथै बुद्धिजीवि, कानुन व्यवसायी, अधिकारकर्मीहरुसंग छलफल, उद्योग व्यापारीहरुसंग भेटघाट र पत्रकार सम्मेलन लगायतका कार्यक्रमा रहेको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मितिः १० श्रावण २०७३, सोमबार १२:२०

Leave a Reply

Your email address will not be published. Required fields are marked *