माओवादी केन्द्र फोहर कपडा सफागर्ने ‘वासिङ मेशिन’ डा. भट्टराई

imagesसुर्खेत, १३ साउन ।
नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले माओवादी फोहोर कपडा सफा बनाउने वासिङ मेशिन जस्तै भएको बताएका छन् ।
सुर्खेतको वीरेन्द्रनगरमा विहिवार भएको पत्रकार सम्मेलनमा उहाँले माओवादी केन्द्रले कहिले एमाले चोख्याउने र कहिले काँग्रेस चोख्याउने फोहोरी खेल खेलिरहेको आरोप लगाउनु भयो ।
अरुको भ¥याङ बनेर सत्तामा जाने र स्वार्थ पुरा गर्ने बाहेक माओवादीसँग देश बनाउने एजेण्डा नभएको उल्लेख गर्नुभयो ।
सत्ता परिवर्तनको चक्र स्वभाविक भएपनि ९ महिनामा सरकार परिवर्तन गरेर देश समुन्त नहुने भन्दै उहाँले नयाँ शक्ति नेपाल स्थायी सरकारको पक्षमा रहेको बताउनु भयो ।
सरकार ढल्ने र बन्ने नेपालको आन्तरिक मामिला भएकाले सरकार परिवर्तनको विषयलाई लिएर बाह्य शक्तिसँग जोड्नु गलत भएको भन्दै उहाँले यस्तो सोचले नेपालीको शिर कहिल्यै ठाडो नहुने ठोकुवा दावी गनूृभयो ।
पुर्व प्रधानमन्त्री भट्टराईले भारत र चीन दुबै छिमेकीसँग सन्तुलित सम्बन्ध कायम गर्नु नै नेपालका लागि हित हुने वताउनु भयो ।
जनताको अभिमत नलिएरै चोरबाटोबाट सरकारमा जाने प्रवृति हाबी हुँदै गएको भन्दै उहाँले नयाँ शक्ति नेपाल जनताको अभिमतबाट पहिलो पार्टी बनेर मात्रै सरकारमा जाने दावी गर्नुभयो ।

प्रकाशित मितिः १३ श्रावण २०७३, बिहीबार १०:३८

Leave a Reply

Your email address will not be published. Required fields are marked *