बद्री पन्त
जाजरकोट १६, साउन
नेकपा माओवादी केन्द जाजरकोटको गाउँ एकता भेलाको अभियान अन्तरगत रोकायागाउँ गाविसमा एकता भेला तथा प्रशिक्षण कार्यक्रम भएका छन ।
केन्दी्रय आयोजक समितिका सदस्य एवं जिल्ला संयोजक गणेश बहादुर सिंहको जाजरकोटलाई ६ वटा इलाकामा विभाजन गरी एकता अभियान संचालन गरिएको वताउनु भयो ।
रोकायगाउँमा ओमा शाहीको अध्यक्षतामा ५१ सदसीय गाउँ आयोजक समिति गठन गरिएको जिल्ला आयोजक समिति सदस्य हरिवहादुर थापाले वताउनु भयो ।
प्रशिक्षण कार्यक्रममा केन्द्रीय सदस्य सिहले देशको वर्तमान राजनीतिक अवस्था र पार्टी कार्यकर्ताले स्थानिय स्तरमा खेल्नुपर्ने भुमिका लगायतको विषयमा प्रशिक्षण दिनु भएको छ ।
भेलामा रोकायागाउँ गाविसका २ सय जना अगुवा नेता कार्यकर्ताको सहभागीता रहेको वताएको छ ।