सुर्खेत, १८ साउन ।
लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय सुरत पुरुष राप्रपा नेपाल निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको केन्द्रीय सदस्य हुनु भएको छ ।
बिगत लामो समयदेखि विद्यार्थी राजनीतीको नेतृत्व गदै आउनु भएका उहाँलाई राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।
राष्ट्रिय श्रोत साधन परिचालन गर्दै स्वाबलम्बी अर्थतन्त्र निर्माणमा पनि सक्रिय पुरुषले र्सगठनले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिवद्धता जनाउँनु भएको छ ।
कुशल संगठनकर्ता रहनु भएका उहाँ जोशिलो तथा उर्जाशिल ब्यक्तित्वको रुपमा समेत परिचित हुनुहुन्छ ।
दैलेख घर भएका सुरत पुरुष अहिले नेपालगंजमा वस्दै आउनु भएको छ ।