अखिल क्रान्तिकारीको उपाध्यक्षमा गंगाराम तिमिल्सेना

13892196_546727332194180_8031191562734010243_nसुर्खेत, २७ साउन ।
लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय गंगाराम तिमिल्सेना नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको केन्द्रीय उपाध्यक्षमा हुनु भएको छ ।
काठमाडौमा भएको अखिल क्रान्तिकारीको राष्ट्रिय एकता भेलाले तिमिल्सेनालाई केन्द्रीय उपाध्यक्षमा चयन गरेको हो ।
लामो समय भुमिगत राजनीतिक जीवन विताउनु भएका तिमिल्सेनाले यसअघि अखिल क्रान्तिकारीको सचिव लगायतको विभिन्न तहको जिम्मेवारी निर्वाह गरिसक्नु भएको थियो ।
उपाध्यक्षमा निर्वाचित भएपछि उहाँले संगठनले दिएको जिम्मेवारीले आफुलाई विद्यार्थीको हक अधिकारको लागि थप सक्रिय भएर लाग्ने प्रेरणा मिलेको वताउनु भयो ।
उहाँले आफनो ज्ञान, सीप र क्षमताले भ्यायसम्म पुरा संगठनले दिएको जिम्मेवारी पुरा गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको छ ।

प्रकाशित मितिः २७ श्रावण २०७३, बिहीबार ०२:३५

Leave a Reply

Your email address will not be published. Required fields are marked *