माओवादी केन्द्र हुम्लाको इन्चार्जमा लामा र संयोजकमा भण्डारी

नर्जन तामाङ
हुम्ला, ३१ साउन ।
हुम्लामा नेकपा माओवादी केन्द्रको एकता भेला भएको छ ।
भेलाले माओवादी केन्द्र हुम्लाको इन्चार्ज छिमीदोजै लामा र संयोजक विजय
भण्डारीलाई चयन गरेको छ ।
एकता तथा भेलापछि हुम्ला जिल्ला कमिटी ४०१ सदसिय भएको छ ।
भेलाले जिल्लाका २७ वटा गाविसहरुमा भाद्र मसान्त भित्र गाउँ स्तरीय भेला तथा प्रशिक्षण गरसक्ने जनाएको छ ।
माओवादी केन्दका केन्द्रिय सचिवालय सदस्य एवम प्रदेश नम्बर ६ का पार्टी सचिव कालीबहादुर मल्लको प्रमुख आतिथ्यता भएको भएको हो ।
भेलाले गाँउ र वडा तहसम्म एकता भेला तथा सम्मेलन गर्ने, प्रत्येक गाविस वडाबाट ९ जना भन्दा बढी जिल्ला संगठनमा रहने र गाँउ र वडा कमिटीवाट चयन भएका प्रतिनिधि मात्र जिल्ला कमिटिमा रहने निर्णय गरेको संयोजक भणडारीले बताउनु भयो ।

प्रकाशित मितिः ३१ श्रावण २०७३, सोमबार १२:०६

Leave a Reply

Your email address will not be published. Required fields are marked *