स्ववियू चुनाव अव भदौ १३ गते

सुर्खेत, ५ भदौ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको स्वतन्त्र विद्यार्थी युनियनको चुनावी मिति परिवर्तन गरिएको छ ।
असन्तुष्ट विद्यार्थी संगठन लगाएतसंग छलफल गरी भदौ १३ गते निर्वाचन गर्ने गरी मिति परिवर्तन गरिएको विश्वविद्यालयका सूचना अधिकारी बिष्णुकुमार खड्काले बताउनु भयो ।
यसअघि भदौ ८ गते तोकिएको मतदान सम्पूर्ण विद्यार्थी सङ्गठनहरूको उत्साहपूर्ण सहभागितामा सम्पन्न गर्नका लागि कार्यकारी परिषद्को बैठकले मिति परिवर्तन गरेको हो ।
उहाँले विद्यार्थी भर्ना बाहेक अरू निर्वाचनका कार्यक्रमहरू निर्वाचन समितिले हेरफेर गर्न सक्ने बताउनु भयो ।
विप्लव माओवादी निकट अखिल क्रान्तिकारीको बिरोधकाकारण विद्यार्थी युनियनको चुनावी प्रक्रिया प्रभावित भएको हो ।
14034941_1261810750518769_6440318569892817226_nयसअघि हिजो साँझ ५ बजेसम्म उमेदवारी दर्ताको समय तोकिएको भएपनि बिहान ९ बजेसम्म थप परिएको थियो ।
नेपाल मजदुर किसान पार्टी निकट नेपाल क्रान्तिकारी विद्यार्थी संघ लगायतका केहि विद्यार्थी संगठनले शनिवार नै आफनो उमेदवारी दर्ता गरिसकेको वताएको छ ।
विप्लव माओवादी निकट अखिल क्रान्तिकारीले विश्वविद्यालय प्रशासनले सबै विद्यार्थीसँग सहमति नगरि चुनावको मिति तोकेको र मतदाता नामावली दुई पटक टाँसेर फर्जी बिद्यार्थी भर्ना गरेको भन्दै बिरोध गरेको हो ।
१७ सदस्यीय स्ववियुमा अध्यक्ष, सचिव र कोषाध्यक्ष सहित १० जना प्रत्यक्ष निर्वाचित हुनेछन् भने बाँकी सात सदस्य समानुपातिक प्रणालीबाट छानिने छन
विद्यार्थी संगठनहरुले प्राप्त गरेको मतका आधारमा सात सदस्य बाँड्ने र १७ सदस्यीय स्ववियुले उपसभापति र सहसचिव चयन गर्ने प्रणाली अपनाउन लागिएको छ ।
यसअघि स्वतन्त्र विद्यार्थी युनियनमा प्रत्यक्ष मात्र निर्वाचन हुने गरेको थियो ।

प्रकाशित मितिः ५ भाद्र २०७३, आईतवार १३:०५

Leave a Reply

Your email address will not be published. Required fields are marked *