एमाले प्रदेश न ६ को सहसंयोजकमा पूर्वमन्त्री यामलाल कँडेल

सुर्खेत, ७ भदौ ।
पूर्वमन्त्री तथा एमाले नेता यामलाल कँडेलले नेकपा एमाले प्रदेश न ६ को सहसंयोजकको जिम्मेवारी पाउनु भएको छ ।
एमाले स्थायी कमिटी वैठकले ७ वटै प्रदेशमा संयोजक र सहसंयोजक तोक्दै कँडेललाई ६ नम्वर प्रदेशको सहसंयोजकको जिम्मेवारी दिएको हो ।
प्रदेश नम्वर ६ को संयोजकमा उपाध्यक्ष युवराज ज्ञवाली र सहसंयोजकमा पोलिटव्युरो सदस्य कँडेल तोकिनु भएको छ ।
965618_614610388563241_839829933_o
कँडेल २०१८ साल कात्तिक २५ गते दैलेखको शेरी गाविसमा कँडेल जन्मिनु भएको थियो ।
व्यवस्थापनमा स्नातकोत्तर गरेका कँडेल २०३६ सालदेखि विद्यार्थी आन्दोलनबाट बामपन्थी राजनीतिमा प्रवेश गर्नुभएको हो ।
उहाँ तत्कालिन नेकपा मालेसँग आवद्ध हुनुहुन्थ्यो । नेता कँडेल प्रखरवक्ता समेत हुनुहुन्छ ।
अनेरास्ववियुको केन्द्रीय सदस्य, पार्टीको जिल्ला र अञ्चल कमिटी सचिव हुँदै २०४९ सालमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयर र २०५१ सालमा प्रनिनिधिसभा सदस्य र २०६४ सालमा संविधान सभा सदस्य निर्वाचित हुनु भएको थियो ।
उहाँ २०५५ सालमा पर्यटन मन्त्री समेत हुनुभएको थियो । पञ्चायत र शाही शासनकालमा केही महिना जेलजीवन विताउनु भएको थियो ।

प्रकाशित मितिः ७ भाद्र २०७३, मंगलवार १२:५७

Leave a Reply

Your email address will not be published. Required fields are marked *