तरुण दल सुर्खेतको अधिवेसन भदौ १६ गते हुने

सुर्खेत, ८ भदौ ।
नेपाली कांग्रेस निकट नेपाल तरुण दलको जिल्ला अधिवेशन यही भदौ १६ गते
हुने भएको छ ।
तरुण दल सुर्खेतको बुधवार सम्पन्न बैठकले भदौ १६ गते जिल्ला अधिवेशन गर्ने र त्यसअघि भदौ १४ गते नगर अधिवेशन र भदौ १५ गते तीन वटै क्षेत्रको क्षेत्रीय अधिवेशन गर्ने निर्णय गरेको छ ।
अधिवेशनका लागि तरुण दल सुर्खेतका अध्यक्ष बेदु गिरीको अध्यक्षतामा ६ सदस्यीय अधिवेशन तयारी समिति समेत गठन गरिएको छ ।
dal.jpg-765x510समितिमा गिरीका साथै डण्डप्रसाद ढकाल, निरन्जन केसी, बालदीप कडेल, चित्रजंग शाही र नवल गिरी छन् । साथै सोही अवसरमा विभिन्न उपसमितिहरु पनि गठन गरिएको छ ।
बैठकमा कृष्ण भण्डारीको संयोजकत्वमा आर्थिक उपसमिति, अम्मर वलीको
संयोजकत्वमा आवास तथा भोजन उपसमिति, राजविन्द्रप्रताप सापकोटाको
संयोजकत्वमा प्रचारप्रसार उपसमिति र ललित भट्टराईको संयोजकत्वमा मञ्चव्यवस्थापन उपसमिति गठन गरिएको छ ।  भेला अध्यक्ष बेदु गिरीको अध्यक्षतामा भएको हो ।

प्रकाशित मितिः ८ भाद्र २०७३, बुधबार ११:२९

Leave a Reply

Your email address will not be published. Required fields are marked *