हृदयराम थानी गरिवी निवारण तथा सहकारी मन्त्री

सुर्खेत, १० भदौ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सुर्खेत क्षेत्र न २ का सासद हृदयराम थानी मन्त्री हुनु भएको छ ।
विद्यार्थी जीवन देखि नै राजनीतिमा लाग्नु भएका थानी गरिवी निवारण तथा सहकारी मन्त्री हुनु भएको हो ।
२०१६ साल जेठमा सुर्खेतको गढी गाविसको बयलकाँडा जन्मिनु भएका थानीले स्नातकोत्तर गर्नुभएको छ ।
उहाँले ०३६ सालदेखि विद्यार्थी राजनीति सुरु गर्नुभएका थानी २०५६ सालमा प्रतिनिधी सभाको सासद र २०७० सालमा संविधान सभाको सदस्यमा निर्वाचित हुनु भएको थियो ।
उहाँ राज्य व्यवस्था समितिका सभापति समेत भैइसक्नु भएको छ ।
विद्यार्थी कालमा शंकरदेव क्याम्पसको स्ववियू सभापति समेत हुनु भएका थानी २०४९ सालमा पहिलो पटक जनप्रतिनिधीको रुपमा वीरेन्द्रनगर नगरपालिका वडा नम्वर १ को वडा अध्यक्ष हुनुहुन्थ्यो ।
agesकाँग्रेसले ६ नम्वर प्रदेशवाट थानीसगै हुम्लाका जीवनवहादुर शाहीलाई मन्त्री वनाएको छ । शाही पर्यटन मन्त्री हुनु भएको छ ।
काँग्रेसले थानी लगायत १३ जनालाई विभिन्न मन्त्रालयको लागि सिफारिस गरेको छ । काँग्रेस सभापति शेरवहादुर देउवाले काँग्रेसका भागमा परेका मन्त्रालको जिम्मेवारीसहित १३ जनाको लिस्ट प्रधानमन्त्री पुष्पकमल दाहाललाई वुझाउनु भएको छ ।
mantri-finalकाँग्रेसको तर्फवाट परराष्ट्र मन्त्रीमा डा.प्रकाशसरण महत, रक्षामा बालकृष्ण खाँड, शहरी विकासमा अर्जुननरसिंह केसी, श्रममा सूर्यमान गुरुङ र सामान्य प्रशासनमा केशवकुमार बुढाथोकी मन्त्री हुनु भएको छ ।
त्यस्तै दिपक गिरी सिंचाई, नविन्द्रराज जोशी उद्योग, रोमी गौचन थकाली वाणिज्य र सीतादेवी यादव शान्ति, गगन थापा स्वास्थ्य मन्त्री र शंकर भण्डारी वन मन्त्री हुनु भएको छ ।
यसअघि कांग्रेसबाट उपप्रधान एवं गृहमा विमलेन्द्र निधि र भौतिक पूर्वाधार तथा यातयात मन्त्रीमा रमेश लेखक भैइसक्नु भएको छ । कांग्रेसबाट मन्त्री बन्नेको संख्या १५ पुगेको छ ।

प्रकाशित मितिः १० भाद्र २०७३, शुक्रबार ०३:३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *