मध्यपश्चिम विश्वविद्यालय नेवि संघको कव्जामा

14202494_869303493214057_354646486260621053_nसुर्खेत, १४ भदौ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको स्वतन्त्र बिधार्थी युनियनको निर्वाचनमा सचिव बाहेक सबै पदमा नेविसंघ बिजयी भएको छ ।
नेविसंघका झक्कबहादुर शाही ५०४ मत ल्याएर अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
उहाँका प्रतिद्धन्द्धी अखिल क्रान्तिकारीका राजेन्द्र बुढाले ४६४ र अनेरास्ववियुका प्रभात पोखरेलले ३९२ मत ल्याएर पराजित हुनुभयो ।
सचिवमा अनेरास्ववियुका भरतबहादुर शाहीले ५ सय ३३ मत ल्याएर बिजयी हुनुभएको छ भने नेविसंघका सन्तोषकुमार उपाध्याय ४ सय ७६ र अखिल क्रान्तिकारीका रवि केसीले २ सय ९८ मत ल्याएर पराजित हुनुभयो ।
यस्तै कोषाध्यक्षमा नेविसंघका सुशील भट्टराईले ५६२ मत ल्याएर विजयी हुनु भएको छ ।
14141736_1189212047786909_8141945666396349218_nसदस्यहरुमा निशान्त खत्रीले ५ सय ८, दिपकराज विसीले ५सय १२, हरिबहादुर थापाले ५सय ३८, वर्षा केसीले ५ सय ९८, पुरुषोत्तम जैसीले ४ सय ७०, विश्वराज भट्टराईले ४सय ७९ र धिरेन्द्र हमालले ४सय ९९ मत ल्याएर निर्वाचित हुनुभएको छ ।
प्रत्यक्षतर्फ १० पदका लागि ८ विद्यार्थी संघ संगठनका ६९ जना चुनावी मैदानमा थिए ।

प्रकाशित मितिः १४ भाद्र २०७३, मंगलवार ०५:३५

Leave a Reply

Your email address will not be published. Required fields are marked *