पूर्वराजाको शालिक हटाएको विरोधमा आन्दोलन गर्ने युवा संगठनको चेतावनी

सुर्खेत, १८ भदौ ।
वाँकेको नेपालगञ्जस्थीत धम्बोझी चोकमा राखिएको पूर्वराजा वीरेन्द्र शाहको शालिक हटाएको भन्दै राप्रपा नेपाल निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले आपत्ति जनाएको छ ।
जनताले राखेको शालिक स्थानीय प्रशासनले रातारात हटाएको भन्दै संगठनले कडा शव्दमा विरोध गरेको छ ।
पूर्वराजाको शालिक राखेको आरोपमा आफनो सगठनका वाँके जिल्ला अध्यक्ष लगायतका कार्यकर्तालाई प्रक्राउ गरी प्रशासनले दुख दिने काम गरेको पनि वताएको छ ।
राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय सचिव नमराज पुरुषले पूर्वराजा बीरेन्द्रका शालिक आफनो संगठनले नभई धम्बोझीका जनताले राखेको वताउनु भयो ।
rapaउहाँले फोर ल्यान सडकको कारण धम्बोझी चोकको पहिचान गर्न सर्वसाधारणलाई अप्ठ्यारो भएकोले सजहताको लागि जनताले पूर्वराजाको शालिक राखेको उल्लेख गर्नुभयो ।
उहाँले धम्बोझीमा झर्ने जनता झुक्किएर तलमाथी झर्न थालेपछि उनीहरुको सहजताको लागि शालिक राखिएको हुन सक्ने उहाँले दावी गर्नुभयो ।
संगठनका केन्द्रीय सचिव पुरुषले पूर्वराजाको शालिक हटाएको विरोधमा कडा आन्दोलन गर्ने चेतावनी समेत दिनु भएको छ ।
उहाँले अहिले तीजको कारण आन्दोलन गरेको भन्दै तीजपछि कडा आन्दोलन गर्ने उल्लेख गर्नुभयो ।
प्रहरीले रातारात शालिक हटाएपछि राष्ट्रवादी युवा समूहले आपत्ति जनाएको छ ।
यसैवीच स्थानीय प्रशासनले नेपालगञ्ज बजार क्षेत्रको सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ ।

प्रकाशित मितिः १८ भाद्र २०७३, शनिबार १२:१६

Leave a Reply

Your email address will not be published. Required fields are marked *