सुर्खेत, २५ भदौ ।
सर्वदलिय वैठकले स्थानीय निकायको पुर्नसंरचना अन्तर्गत सुर्खेतमा चारवाट नगरपालिका र चारवटा गाउ पालिका गरी ८ वटा स्थानीय तह वनाउन प्रस्ताव गरेको छ ।
जिल्ला विकास समितिले आयोजना गरेको सर्वदलिय वैठकले नामा करणसहित ८ वटा स्थानीय तह वनाउन प्रस्ताव गरेको हो ।
वीरेन्द्रंनगर नगरपालिका, पञ्चपुरी नगरपालिका, भेरीगंगा नगरपालिका र गुर्वाकोट नगरपालिका वनाउन सर्वदलिय वैठकले प्रस्ताव गरेका जिल्ला विकास समितिले जनाएको छ ।
यस्तै चौकुने गाउँ पालिका, बराह गाउँ पालिका, चिंगाड गाउँ पालिका र सिम्ता गाउँ पालिका वनाउन प्रस्ताव गरिएको जिविसले जानकारी दिएको छ ।
प्रस्ताविक नगरपालिका तर्फ सवैभन्दा बढी जनसंख्या वीरेन्द्रनगर नगरपालिकाको १ लाख ८ हजार ६१ रहेको छ भने सवैभन्दा कम पञ्चपुरी नगरपालिकाको ३३ हजार २९ रहेको जिविसका सामाजिक विकास अधिकृत टंक लामिछानेले वताउनु भयो ।
यस्तै भेरी गंगा नगरपालिकाको ५८ हजार ८ सय ८४ जनसंख्या रहेको छ भने गुर्वाकोटको ४३ हजार ७सय ६५ जनसंख्या रहेको उहाँले वताउनु भयो ।
प्रस्तावित गाउँ पालिका तर्फ सवैभन्दा बढी जनसंख्या वराह गाउँ पालिकाको २५ हजार ९ सय ४३ रहको छ भने सवैभन्दा कम चिंगाड गाउँ पालिकाको २३ हजार ३ सय ४९ जनसंख्या रहेको छ ।
यस्तै सिम्ता गाउँ पालिकाको २५ हजार ८ सय ४५ रहेको छ भने चौकुने गाउँ पालिकाको २४ हजार ४ सय ४२ रहेको छ सामाजिक विकास अधिकृत लामिछानेले जानकारी दिनुभयो ।