नयाँ संरचनामा यस्तो वन्दैछ, जाजरकोट

बद्री पन्त
जाजरकोट ३०, भदौ
स्थानीय निकायको संख्या र सीमा निर्धारणका लागि अन्य जिल्लामा विवाद भइरहेका बेला जाजरकोटले सर्वसम्मत प्रस्तावको प्रतिवेदन आयोगमा बुझाएको छ ।
स्थानीय तह पुनःसंरचना प्राविधीक सहयोग समितिले ३ नगरपालिका र ३ गाउपालिकाको खाका सहितको प्रतिवेदन गाउपालिका, नगरपालिका तथा विशेष वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगलाई बुझाएको हो ।
jajarkot_districtसमितिले २ महिनासम्मको पटक पटकको सर्वपक्षीय छलफलबाट ६ स्थानीय तहको टुंगो लगाएको थियो ।
जिल्लाको पश्चिम भेकमा एक र पुर्वी भेकमा एक गरी २ नगरपालिका थप भएका छन् । पश्चिम भेकका सीमा, साल्मा, दशेरा, ज“ुगाथापाचौर, थालरैकर, झाप्रा र कार्कीगाउ मिलाएर छेडागार नगरपालिका, सदरमुकाम खलंगा, पुन्मा, जगतीपुर र भुर मिलाएर जगतीपुर नगरपालिका र डा“डागाउ, लह“, खगेनकोट, रग्दा र भगवती मिलाएर नलगाड नगरपालिकाको प्रस्ताव गरीएको छ ।
समितिले साविककोे भेरीमालिका नगरपालिकाको सिमाना यथावत कायम गरी ना भने जगतीपुर प्रस्ताव गरेको हो ।
छेडागार नगरपालिकाको केन्द्र मोर्क÷मनघाट, जगतीपुर नगरपालिकाको केन्द्र खलंगा र नलगाड नगरपालिकाको केन्द्र दल्ली÷मनमई प्रस्ताव भएको समितिका संयोजक इन्द्र गौतमले बताए ।
त्यस्तै सुवानाउली, मजकोट, दह, कोर्ताङ्ग र गर्खाकोट गाविस मिलाएर चा“दे÷भैरी गाउपालिका, टालेगाउ, पैंक, अर्छानी, पजारु र ढीमे गाविस मिलाएर कुशे गाउपालिका र नायकबाडा, रामीडाडा, रोकायगाउ र सक्ला गाविस मिलाएरर बारेकोट गाउपालिका बनाएको गौतमले बताए ।
चा“दे ÷भैरीको केन्द्र बासु ÷सानाखोला, कुशेको बाटुले÷अर्छानी र बारेकोटको लिम्सा केन्द्र प्रस्ताव गरेको उनले बताए ।
२६ गाविस र १ नगरपालिका रहेको यस जिल्लाका लागि ६ स्थानीय तहको प्रस्ताव आयोगमा बुझाएको स्थानीय विकास अधिकारी गौतमले बताए । शुरुमा दलहरु विच विवाद भएपनि अन्तिम निर्णय गर्दा एक मत भएको उनले बताए । केहि गाउपालिकाको सेवा केन्द्रको बारे दोहोरो प्रस्ताव आएको छ, उनले भने ।
यस अघि आयोगले जाजरकोटलाई ५ स्थानीय तहको खाका अन्र्तगत राखेको थियो । जिल्लाबासीको विरोध पछि आयोगले जनसंख्या र भुगोलको आधारमा ६ स्थानीय बनाउन सकिने आश्वसन दिएको थियो, गौतमले भने ।

छलफलको क्रममा का“ग्रेसले साविकको ईलाका अनुसार १०, एमालेले ७ र माओबादी केन्द्रले ९ स्थानीय तहको माग गरेको उनले बताए । दलहरुले आफ्आफ्ना प्रस्तावमा अडान नछाडेपछि अन्तिम अवस्थामा ६ तहमा सहमती भएको गौतमको भनाई छ ।

समितिको प्रस्तावित खाका अनुसार केहिलाई सेवा केन्द्र अपायक पर्ने भएपनि समग्रमा सन्तुलित भएको का“गे्रस सभापति दीपक जंग शाहले बताए ।
आयोगले पहाडी भुभागका गाउपालिकाको हकमा ५ देखि १२ वडा तथा २५ हजार जनसंख्या र नगरपालिकाको हकमा ९ देखि १४ वडा तथा ३५ हजार जनसंख्या तोकेको छ । २०६८ को जनगणना अनुसार जाजरकोटमा १ लाख ७१ हजार जनसंख्या रहेको छ ।

प्रकाशित मितिः ३० भाद्र २०७३, बिहीबार १३:०४

Leave a Reply

Your email address will not be published. Required fields are marked *