सुर्खेत, २ असोज ।
नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादी सुर्खेतले विभिन्न माग राख्दै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
खाद्य संप्रभ्भुताको अधिकारलाई सुनिश्चिन गदै खाद्यबस्तुहरुमा जनतालाई ५० प्रतिशत सहुलित दिनु पर्ने, किसानले उत्पादन गरेको बस्तु राज्य खरीद गर्नु पर्ने, बिचौलियाको अन्त्य गदै जनतालाई अधिकत्तम सुविधा दिनु पर्ने माग गरिएको छ ।
माथिल्लो कर्णाली लगायतका जलविद्युत सम्वन्धी सन्धी संझौता तत्काल खारेज गर्नुपर्ने, माथिल्लो कर्णाली नेपाल आफैले वनाउनु पर्ने, नेपाली भुमि डुवानमा पर्ने गरी भारतले बनाएका बाँधहरु भत्काउनु पर्ने माग पनि चन्द नेतृत्वको माओवादीले गरेको छ ।
यस्तै काठमाडौ निजगढ फास्ट ट्रयाक नेपाल आफैले बनाउनु पर्ने, भुकुम्प पीडित, बाढीपीठित, भुमिहीन, सुकुम्बासी समस्या समाधान गरी युवाहरुलाई रोजगारीको अवसर सृजना गर्नु पर्ने माग ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
नेकपा माओवादी सुर्खेतका इन्चार्ज हिमाल र रेक्रेटरी धुव्रले हस्ताक्षर गरेको ज्ञापन पत्रमा आफनो पार्टीले अघि सारेमा माग पुरा नगरे कडा आन्दोलनमा उर्तिन चेतावनी समेत दिइएको छ ।