संचार माध्यम ज्ञान र शक्तिको स्रोत –मुख्य न्यायधिश केसी

सुर्खेत, १० असोज ।
स्रोत उच्च अदालत सुर्खेतका मुख्य न्यायधिश तेजबहादुर केसीले संचार माध्यममा ज्ञान र शक्ति दुवै हुने बताउनु भएको छ ।
बीरेन्द्रनगरमा भएको प्रदेश एफएमको उद्घाटन कार्यक्रममा उहाँले संचार माध्यम ज्ञान र शक्तिको स्रोत भएकोले यसको सही सदुपयोग हुनुपर्ने उल्लेख गर्नुभयो ।
uuuuuuuuuuविगत र अहिलेको संचारमाध्यमका निकै भिन्नता रहेको औल्याउदै उहाँले जनतालाई सुचनाको अधिकारलाई संचार माध्यमले स्थापिन गर्नु पर्नेमा जोड दिनुभयो ।
दिनप्रतिदिन संचार माध्यमहरु शसक्त हुदै गएको उल्लेख गदै मुख्य न्यायधिश केसीले प्रदेश एफएमको उन्नति र प्रगतिको कामना समेत गर्नु भएको छ ।
कार्यक्रममा जिल्ला अदालत सुर्खेतका न्यायधिश कैलासप्रसाद सुवेदीले संचार मध्यमले जनतालाई निश्पक्ष, भरपर्दो र विश्वासिलो सुचनाहरु दिनुपर्नेमा जोड दिनुभयो ।
नेपाली काँग्रेसका भीमबहादुर शाही परियारले संचार माध्यमहरु ६ नम्वर प्रदेशको समृद्धिको सारथी बन्नु पर्ने बताउनु भयो ।
नेकपा एमालेका अध्यक्ष धुव्रकुमार शाहीले राजनीतिक परिवर्तन ऐजण्डा सकिएकोले अव संचार माध्यमहरु आर्थिक परिवर्तनमा उर्तिनु पर्नेमा जोड दिनुभयो ।
यस्तै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ठम्बरबहादुर विष्टले समाजलाई सही मार्गमा हिडाउन संचार माध्यमको अहम भूमिका हुदै आएको चर्चा गर्नुभयो
कार्यक्रममा प्रदेश एफएम संचालक समितिका अध्यक्ष सचिन रोक्काले राजनीतिक प्रभावबाट टाढा रहेर निश्पक्ष रुपमा एफएमले आफनो काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत हितप्रसाद पौडेल, क्षेत्रीय हुलाक कार्यालयका लोकबहादुर सुनार, उद्योगथ बाणिज्य संघका बासुदेव शर्मा, राष्टिय उद्योग व्यापार संगठनका सुर्यविक्रम थापा, प्रेस सेन्टरका लक्ष्मी पुन, प्रेस युनियनका गणेश कार्की, प्रेस चौतारीका सुर्यप्रकाश कँडेल लगायतले सन्तुलित पत्रिकारतामा जोड दिनु भएको छ ।

प्रकाशित मितिः १० आश्विन २०७३, सोमबार १२:३४

Leave a Reply

Your email address will not be published. Required fields are marked *