सुर्खेत, १३ असोज ।
नेकपा एमाले प्रदेश नम्वर ६ को प्रथम बैठक सुर्खेतको वीरेन्द्रनगरमा विहीवारदेखि सुरु भएको छ ।
बैठकको उदघाटन गदै एमाले उपाध्यक्ष तथा प्रदेश संयोजक युवराज ज्ञवालीले पार्टी भित्र गुटवन्दी नगर्न एमालेका नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।
पार्टी अधिवेसन भन्दा अघि गुटवन्दी नगर्न आग्रह गदै ज्ञवालीले अहिले संगठन निर्माणमा जुटनु पर्ने र अधिवेसनको वेला मात्रै मन मिल्नेहरुको समुह वनाएर प्रजातान्त्रिक अभ्यास गर्नुपर्नेमा जोड दिनुभयो ।
सवैको सक्रियता र क्रियाशिलताबाट मात्रै संगठन बलियो हुने उल्लेख गदै उहाँले एमाले बलियो भएमात्र नेपाल समृद्ध हुने तर्क गर्नुभयो ।
नेपाल रुपी गाडीको इन्जिनको रुपमा एमालेलाई प्रस्तुत गदै उपाध्यक्ष ज्ञवालीले इन्जिन बलियो भएमात्र गाडी दुर्घटनाबाट जोगिन सक्ने बताउनु भयो ।
पोलिटव्यूरो सदस्य तथा प्रदेश सहसंयोजक यामलाल कँडेलले ६ नम्वर प्रदेशलाई समृद्ध बनाउने योजना एमालेसगँ मात्रै भएको बताउनु भयो ।
साधन स्रोतमा भरीपूर्ण यस प्रदेशका जनतालाई आर्थिक रुपमा समृद्ध बनाउन अब एमालेले अगुवाई गर्ने उहाँले उल्लेख गर्नुभयो ।
६ नम्वर प्रदेशको विकासको मार्गचित्र कोर्न र पार्टी संगठनलाई बलियो बनाउन बैठक फलदायी हुने विश्वास समेत कँडेलले व्यक्त गर्नुभयो ।
यस्तै पोलिटव्यूरो सदस्य प्रकाश ज्वालाले विज्ञहरुको सहयोग लिएर एमालेले ६ नम्वर प्रदेशको समृिद्धको रोडम्याप बनाउने बताउनु भयो ।
उहाँले एमालेको अगुवाई र हस्तक्षेपकै कारण मुलुकले नयाँ संविधान पाएको जिकिर गर्नुभयो ।
केन्द्रिय अनुशासन आयोगका सदस्य वालाराम शर्मा, केन्द्रिय सल्लाहकार समितिका सदस्य गोविन्दबिक्रम शाह, चन्द्रबहादुर शाही लगायतले ६ नम्वर प्रदेशमा एमालेलाई बलियो बनाउनु पर्नेमा जोड दिनुभयो ।
२ दिनसम्म चल्ने वैठकमा ६ नम्वर प्रदेशवाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष, निवतमान अध्यक्ष, राष्ट्रिय प्रतिनिधी परिषदका सदस्यहरुको सहभागीता रहेको छ ।