राजामात्रै हैन कसैको शालिक मेटनु हुदैन—महामन्त्री धवलशमशेर राणा

dनेपालगंज, १३ असोज ।
पूर्व राजा बीरेन्द्रको शालिक स्थापना गर्नु पर्ने माग गदै बाँकेको नेपालगंजमा विहीवार दवावमुलक रयाली प्रर्दशन गरिएको छ ।
शालिक स्थापना समिति वाँकेले आयोजना गरेको रयाली त्रिभुवनचोकबाट सुरु भएर बागेश्वरी मन्दिरहुदै बीरेन्द्रचोकमा पुगेर कोण सभामा परिणत भएको छ ।
कोण सभालाई सम्वोधन गदै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका महामन्त्री डा. धवलशमशेर राणाले इतिहास मेटन नहुने बताउनु भयो ।
नेपाल निर्माणको लागि राजाहरुको पनि महत्वपूर्ण योगदान गरेको चर्चा गदै उहाँले राजामात्रै हैन कसैको शालिक मेटन र हटाउन नहुने उल्लेख गर्नुभयो ।
शालिक इतिहास भएको भन्दै महामन्त्री राणाले इतिहास मेटेर कसैलाई पनि फाइदा नहुने बरु उल्टै देशको इतिहास मेटिने दावी गर्नुभयो ।
कार्यक्रममा राप्रपा नेपाल बाँकेका अध्यक्ष ऋर्षिराज देवकोटा, शिवसेना नेपालका अध्यक्ष मनोज श्रेष्ठ, राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष हुकुम केसी लगायतले वीरेन्द्रचोकमा पुर्वराजा वीरेन्द्रको शालिक राख्नु पर्नेमा जोड दिनुभयो ।
पूर्वराजा बीरेन्द्रलगायत यस अघि विभिन्न समयमा हटाइएका विभिन्न व्यक्तिहरुका शालिकहरु आगामी पुष १४ गतेसम्म राखि सक्ने राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय सचिव नमराज पुरुषले बताउनु भयो ।

प्रकाशित मितिः १३ आश्विन २०७३, बिहीबार १२:४९

Leave a Reply

Your email address will not be published. Required fields are marked *