कर्मचारी संगठनको अध्यक्षमा लालबहादुर खत्री निर्वाचित

15109390_1295756390474437_6865206053250783995_nसुर्खेत, ६ मंसिर ।
नेपाल निजामति कर्मचारी संगठन सुर्खेतको अध्यक्षमा लालबहादुर खत्री निर्वाचित हुनु भएको छ ।
संगठनको दशौं जिल्ला अधिवेशबाट खत्री अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
उहाँले १ सय ८७ मत प्राप्त गरी प्रतिद्धन्दी लक्ष्मीप्रसाद लामिछानेलाई पराजित गनु भएको हो ।
लामिछानेले १ सय ३३ मत प्राप्त गनु भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
अधिवेशनबाट जिल्ला खुला उपाध्यक्षमा राजेश आचार्य, महिला उपाध्यक्षमा हिराकुमारी पौडेल, सचिव हेमन्त चुनारा, सह–सचिव नरेशकुमार तिवार्री र कोषाध्यक्षमा रामप्रकाश सापकोटा निर्वाचित हुनु भएको छ ।
यस्तै, कार्यसमिति खुला सदस्यमा भवानीप्रसाद पौडेल, चन्द्रबहादुर रावत, भीमनारायण खराल, कमलकुमार दर्लामी, जगत सुवेदी, पदमबहादुर बुढा क्षेत्री, गुप्तीप्रसाद गौली र लोकप्रसाद देवकोटा चयन हुनु भएको छ ।
यस्तै महिला सदस्यमा उर्मिला काफ्ले, सीता विसी, मुनीसरा थापा र गंगा नेपाली निर्वाचित हुनु भएको छ ।
जनजाति सदस्यमा बुद्धबहादुर सोमै, दलित सदस्यमा मनराज सुनार र मदेशी सदस्यमा उमेश चौधरी निर्वाचित हुनु भएको निर्वाचन समितिले बताएको छ ।
अधिवेशनले डोरप्रसाद उपाध्याय, प्रयागराज शर्मा, टेकबहादुर रावत, अमृता रावत र पूर्णबहादुर विसीलाई केन्द्रिय प्रतिनिधीमा चयन गरेको छ ।

प्रकाशित मितिः ६ मंसिर २०७३, सोमबार ११:५५

Leave a Reply

Your email address will not be published. Required fields are marked *