निर्वाचनको मिति छिट्टै घोषणा हुन्छ —प्रधानमन्त्री दाहाल

सुर्खेत,२३ मंसिर ।
प्रधानमन्त्री पुष्पकमल दाहालले छिट्टै निर्वाचनको मिति घोषणा गर्ने बताउनु भएको छ ।
सुर्खेतमा भएको अन्तराष्टिय मेलाको उदघाटन गदै उहाँले सवै दलहरुसगँ सहमति गरेर चाडै निर्वाचनको मिति घोषणा गर्ने बताउनु भयो ।
संविधान कार्यान्वयन गर्नको लागि निर्वाचन आवश्यक रहेको उल्लेख गदै प्रधानमन्त्री दाहालले केही दिनभित्रै राजनीतिक सहमति जुटाएर निर्वाचनको मिति घोषणा गर्ने दावी गर्नुभयो ।
15355808_1177346475685850_627191551317682763_nयो सरकार हरहालतमा निर्वाचन गरेर संविधान कार्यान्वयन गर्न दृढ संकल्पीत छ उहाँले भन्नुभयो केही दिनभित्रै सवैसगँ समझदारी गरेर सहमति वनाएर निर्वाचनको मिति घोषणा गर्छु ।
सरकारको ध्यान अहिले निर्वाचन गरेर संविधान कार्यान्वयन गर्ने तर्फ केन्द्रीत भएको भन्दै प्रधानमन्त्री दाहालले निर्वाचनको वातावरण वनाउन सवैलाई आग्रह गर्नुभयो ।
तराई, पहाड र हिमाललाई जोडनको लागि संविधान संशोधन प्रस्ताव ल्याएको उल्लेख गदै उहाँले संशोधन प्रस्ताव कुनै पनि हालतमा फिर्ता नहुने जिकिर गर्नुभयो ।
संशोधनको प्रस्ताव फिर्ता हुदैन उहाँले भन्नुभयो बरु परिमार्जन हुन सक्छ एउटा समुदाय र क्षेत्रका जनताको चित्त दुखाएर सहज रुपमा संविधान कार्यान्वयन गर्न सकिदैन ।
15390790_1177346539019177_4080802686706169681_nप्रधानमन्त्री दाहालले ५ नम्वर प्रदेशमा रहेका पहाडका जिल्ला पहाडमै र तराईका जिल्ला तराईमै राख्नुपर्छ भन्ने प्रस्ताव एमालेको भएको र त्यो आफुले अघि बढाउदा कसरी राष्टघाती भयो भन्दै एमालेसगँ प्रतिप्रश्न समेत गर्नुभयो ।
५ नम्वर प्रदेश टुक्रयाउनुपर्छ भन्ने प्रस्तावमा केपी ओलीको ७ ठाउँमा हस्ताक्षर रहेको दावी उहाँले गर्नुभयो ।
कार्यक्रममा सहकारी तथा गरिवी निवारण मन्त्री हृदयराम थानीले ६ नम्वर प्रदेशको विकासको लागि सक्दो सहयोग गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो ।
यस्तै पूर्व गृहमन्त्री तथा माओवादी केन्द्रका नेता शक्तिबहादुर वस्नेतले ६ नम्वर प्रदेश समृद्धिको सम्भावनै सम्भावना बोकेको प्रदेश भएकोले उल्लेख गर्नुभयो ।
कार्यक्रममा सासद सीता नेपाली लगायतले आफनो भनाई राख्नु भयो । कार्यक्रम सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले प्रधानमन्त्रीसगँ विभिन्न मागहरु राख्नुभ भएको छ ।

प्रकाशित मितिः २३ मंसिर २०७३, बिहीबार १३:११

Leave a Reply

Your email address will not be published. Required fields are marked *