आवश्यक परे हतियार पनि उठाउछौंः माओवादी प्रवक्ता प्रकाण्ड

15555812_2441002742595312_887066932_n (1)सुर्खेत, २९ मंसिर ।
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी) का नेता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले जनयुद्ध र जनआन्दोलबाट प्राप्त उपलब्धी रक्षाको लागि आवश्यक परे हतियार उठाउन पनि पछि नपर्ने बताउनु भएको छ ।
जनयुद्ध र जनआन्दोलनवाट प्राप्त उपलव्धी गुम्ने खतरा वढेको भन्दै उहाँले ठुलो वलिदानवाट प्राप्त उपलव्धी रक्षाको लागि निर्णयक क्रान्ति गर्ने र त्यसको लागि आवश्यक परे हतियार पनि उठाउने उल्लेख गर्नुभयो ।
सुर्खेतको वीरेन्द्रनगरमा भएको पत्रकार सम्मेलनमा उहाँले संसदवादी दलहरुका कारण राष्ट्रिय स्वाधिनता र राजनीतिक अधिकार संकटमा परको दावी गर्नुभयो ।
काँग्रेस, एमाले र माओवादी केन्द्र देश र जनताप्रति इमानदार नभएकोले प्राप्त अधिकार गुम्ने खतरा बढेको छ उहाँले भन्नुभयो ‘ त्यसैले हामी जनताको अधिकार गुम्न लागेको टुलुटुलु हेरेर वस्दैनौ, बरु निर्णयक आन्दोलनमा गछौ ।’
आन्दोलनको स्वरुप शान्तिपूर्ण हुने उल्लेख गदै पार्टी प्रवक्ता विश्वकर्माले शान्तिपूर्ण आन्दोलनमा राज्यले दमन गरे कडा प्रतिरोध गर्ने चेतावनी समेत दिनुभयो ।
आफनो पार्टीले उठाउदै आएको माग पुरा गर्न वार्ताको ढोका सधै खुला रहेको भन्दै उहाँले ‘१२ बुद्धे सहमति कार्यान्वयनको लागि सवै दलहरुवीच नयाँ खालको सहमति हुनुपर्नेमा जोड दिनुभयो ।’
उहाँले २०७४ साल माघ ५ गतेभित्र कुनै पनि निर्वाचन नहुने ठोकुवा गर्नुभयो । उहाँले भन्नुभयो एकातिर काँग्रेस, एमाले र माओवादी केन्द्र नै चुनावको लागि तयार छैनन अर्कातिर चुनाव आफनो हितमा नहुने भएकोले भारतले पनि चुनाव हुन दिदैन ।
अहिलेकै अवस्थामा स्थानीय निकायको चुनाव भए नेकपा माओवादीले चुनाव वहिस्कार गदै त्यसको कडा प्रतिरोध गर्ने चेतावनी दिनुभयो ।
माओवादी केन्द्रले आफनो पाटी विरुद्ध भ्रामक प्रचार गरिरहेको आरोप लगाउदै उहाँले अहिले नेकपा माओवादीले सेना नबनाएको र हतियार पनि नजोडेको दावी गर्नुभयो ।
अहिले सेना पनि नबनाएको र हतियार पनि नजोडेको भन्दै उहाँले राज्यले हतियारबाटै ठिक पार्न खोजे अन्तिम विकल्पको रुपमा हतियार उठाउन पनि पछि नपर्ने उल्लेख गर्नुभयो ।
नेकपा माओवादी सुर्खेतको भेला तथा बैठकमा सहभागी हुन बीरेन्द्रनगर आउनु भएका विश्वकर्माले भष्ट्राचारी, तस्करी र जनविरोधी क्रियाकलाप गर्ने व्यक्तिहरु मात्र पाटीको गतिवधिवाट डराएको दावी गर्नुभयो ।
पत्रकार सम्मेलनमा माओवादीका भेरी व्यूरो इन्चार्ज तथा केन्द्रीय सदस्य गगनबहादुर खड्का‘जीवन’, नेता उदयबहादुर चलाउने,लगायतको सहभागीता रहको थियो ।

प्रकाशित मितिः २९ मंसिर २०७३, बुधबार ११:३६

Leave a Reply

Your email address will not be published. Required fields are marked *