सुर्खेत, ११ पुष ।
सहकारी तथा गरिवी निवारण मन्त्री हृदयराम थानीले संविधान कार्यान्वयनको लागि चुनावको विकल्प नभएको बताउनु भएको छ ।
सुर्खेतको वीरेन्द्रनगरमा सोमवार भएको नेपाल टेड युनियन प्रदेश नं ६ को प्रदेशस्तरीय भेलामा उहाँले संविधान कार्यान्वयनको लागि स्थानीय तह, प्रदेश र संघिय निवाचनको विकल्न नभएको उल्लेख गर्नुभयो ।
तीन वटा निर्वाचन गराउनुको विकल्प छैन उहाँले भन्नभयो चुनाव नभएसम्म संविधान कार्यान्वयन गर्न सकिदैन त्यसैले जसरी पनि चुनाव गराउनु पनि चुनाव गराउनै पर्छ ।
अरु विषयमा मत भिन्नता भएपनि स्थानीय निकायको निर्वाचन गर्ने विषयमा भने सवै राजनीतिक दलहरु एकमत भएको आफुले पाएको मन्त्री थानीले दावी गर्नुभयो ।
कुनै पनि वेला स्थानीय निकायको निर्वाचन हुन सक्ने उल्लेख गदै उहाँले निर्वाचनको तयारीमा जुटन समेत काँग्रेसका नेता कार्यकतालाई आग्रह गर्नुभयो ।
६ नम्वर प्रदेश सम्भावनै सम्भावनाले भरिएको उल्लेख गदै उहाँले यसको विकासका लागि सवै राजनीतिक दलहरु एकठाउँमा आउनु पर्नेमा जोड दिनुभयो ।
उहाँले मजदुरको हक अधिकार सुनिश्चित गर्नको लागि आफु प्रतिबद्ध भएको लाग्ने समेत बताउनु भयो ।
कार्यक्रममा पूर्व राज्य मन्त्री तथा सासद खड्का वहादुर वस्यालले टेड युनियन अधिकार रक्षाको लागि सवै एकजुट हुनुपर्ने बताउनु भयो ।
नेपाली काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले एकजुट भएर संगठन विस्तारमा जुट कार्यकर्तालाई आग्रह गर्नुभयो ।
टेड युनियन काँग्रेसका उपाध्यक्ष बमबहादुर डिसीले राष्टिय श्रमिक आयोग गठन गर्नुपर्ने र श्रमिकहरुको छुट्टै अस्पताल वनाउन सरकारलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा युनियनका कोषाध्यक्ष योगेन्द्र कुँवर, यातायात मजदुर संघका अध्यक्ष अजयकुमार राई, कृषि श्रमिक संघका अध्यक्ष विमला गैरे, नेपाल शिक्षक संघका कार्यवहाक अध्यक्ष तीर्थजड शाही लगायतले श्रमिकको समस्या प्रति गम्भिर हुन सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
कार्यक्रममा नेपला टेड युनियन प्रदेश स्तरीय समितिका संयोजक गोपालकृष्ण गिरीको सभापतित्व भएको छ ।