जाजरकोटमा राष्ट्रिय मेलमिलाप दिवस

बद्री पन्त
जाजरकोट १६, पुस

विपी विचार राष्ट्रिय समाज जिल्ला शाखाको आयोजनामा शनिबार राष्ट्रिय मेलमिलाप दिवस जाजरकोटमा पनि मनाईएको छ ।IMG_7351
पार्टीका कार्यकर्ताहरु मात्र नभई दलहरु आपसमा जनताको हितका लागि हातेमालो गर्दै अघि बढ्नुपर्ने नेपाली कांग्रेस जाजरकोटका सभापति दिपक जंग शाहले धारणा राख्नुभएको थियो ।IMG_7354 विपीको मेलमिलाप नीतिलाई अंगीकार गरी आपसमा केही गुनासा भए अभिव्यक्त गरी मिलेर जानुपर्ने सभापति शाहले बताउनुभयो । सबैका केही कमीकमजोरी आआफ्नो ठाउँमा भएपनि ती कमजोरी स्विकार गरी एकताबद्ध भएर अगाडी बढे सबैको यात्रा सुरक्षित हुने सभापति शाहको भनाई छ ।
त्यस्तै कांग्रेस नेता बेदाराज सिंहले नेता तथा कार्यकर्ता एकजुट भएर अगाडी बढेमात्रै विपीको मेलमिलाप नीतिले सार्थकता पाउने विचार राख्नुभएको थियो । गुट र उपगुटको राजनीतिले पार्टी, समाज र देश कसैको पनि हित नहुने नेता सिंहले धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं १ का सभापति महेन्द्र शाह, बार पत्रकार तथा एसोसियनका उपाध्यक्ष भीमबहादुर सिंह, नेपाल पत्रकार महासंघका अध्यक्ष जनक केसी, नेपाल विद्यार्थी संघ जाजरकोट अध्यक्ष खडक विसी लगायतका नेता तथा कार्यकर्ताहरुले विपीको मेलमिलाप नीतिलाई सबैले अंगीकार गर्नुपर्नेमा जोड दिदै आफ्नो विचार राखेका थिए ।
नेपाली कांग्रेस जाजरकोटको पार्टी कार्यालय माथिल्लो थाप्लेमा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेस निकटका भातृ संगठन, शुभेच्छुक संगठनका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

 

प्रकाशित मितिः १६ पुष २०७३, शनिबार १२:४७

Leave a Reply

Your email address will not be published. Required fields are marked *