६ नं प्रदेशमा गरीव बढी- मन्त्री थानी

बद्री पन्त
जाजरकोट १७, माघ
सहकारी तथा गरीवी निवारण मन्त्री हृदयराम थानीले ६ नं प्रदेशमा गरीवीको संख्या बढी रहेको बताएका छन् । यस प्रदेशको कालीकोट, हुम्ला, डोल्पा, मुगु जाजरकोट लगाएत जिल्लामा गरीवको संख्या ५० प्रतिशत बढी रहेको मन्त्री थानीले बताएका हुन् । शौभाग्यले गरीव बढी भएको प्रदेशको मन्त्री भएको छु । तर  गरीवलाई सम्बोधन हुने कार्यक्रम मन्त्रालयस“ग नभएको बताउनु भयो । नेपाली का“ग्रेस भेरीमालिका नगरपालिका नगर समितिले आयोजना गरेको स्याउलीबजार स्थित आमसभामा मन्त्री थानीले यस्तो बताउनु भएको हो ।
गरीवीको रेखामुनि रहेका २५ जिल्लाका जनतालाई गरीव परिचय पत्र वितरण गर्ने कार्यका लागि मन्त्रालय गठन भएको पाइयो,’ उहाँले भन्नु भयो । ‘गरीव जनतालाई कार्ड हैन रहात चाहिएको छ । यस मन्त्रालयमा गरीवलाई दिने केहि छैन, गरीवका लागि ४९ कार्यक्रम संचालनमा रहेपनि गरीवी निवारण मन्त्रालयस“ग एउटा पनि कार्यक्रम नभएको बताउनु भयो । यी कार्यक्रम मार्फत गरीवका नाममा अरबौं बजेट खर्च भएको छ । तर उक्त बजेट गरीबको घर दैलोसम्म पुग्न नसकेको पनि बताउनु भयो ।
गरीवी निवारणका लागि विनियोजित बजेट कार्यक्रममा राजनितिक कार्यकर्ताको हालीमुवाली भएको र गरीवका कार्यक्रम समेत विकसित जिल्लामा लागु हुने गरेको छ । ६५ प्रतिशत गरीव भएका जिल्लामा गरीव उन्मुख कार्यक्रम लागु नभै २० प्रतिशत गरीव भएको जिल्लामा उक्त कार्यक्रम लागु हुने गरेको बताउनु भयो । गरीवी निवारण कोष प्रधानमन्त्री कार्यालय अन्र्तगत, युवा स्वरोजगार कार्यक्रम अर्थ मन्त्रालय अन्र्र्तगत, स्थानीय विकास मन्त्रालय अन्र्तगत गरीवस“ग विसेश्वर कार्यक्रम लगाएत रहेको मन्त्री थानीको भनाइ थियो । गरीवी निवारण मन्त्रालयमा बजेट कार्यक्रम ल्याउने वा मन्त्रालय नै अन्यत्रै लैजाने भन्ने बारे मैलै सबै मिडियास“ग भन्दै आएको बताउनु भयो । राष्ट्रिय विकास समस्या समाधान समितिको ३८ औं बैठकमा प्रधानमन्त्री प्रचण्डस“ग पनि यस्तो माग राखेको बताउनु भयो । उक्त बैठकमा प्रधानमन्त्रीस“ग गरीव निवारणका लागि कित यस मन्त्रालयलाई लिङ्क मन्त्रमालय बनाई दिनुहोस् हैन भने विज्ञ सहितको बोर्ड गठन गर्न अनुरोध गरेको उहाँको भनाइ छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष लगाएत विज्ञस“ग गरीवलाई राहात दिने खालका कार्यक्रम सम्बन्धमा सल्लाह सुझाव मागेको बताउनु भयो । विज्ञले गरीवलाई आयमुलक, सिपमुलक, औषधी उपचार, शिक्षा र खाद्य सुरक्षा कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि बढ्न सुझाव आएको बताउनु भयो । मन्त्रालयले २५ जिल्लाका गरीवीका रेखामुनी रहेका ३ लाख ९५ हजार घरधुरी मध्ये अति गरीब १ लाख ९० हजार, गरीव १ लाख २० हजार र सिमान्त गरीव ८४ हजारलाई गरीव परिचय पत्र वितरण गर्न लागेको छ । त्यस्तै मन्त्रालयले ४ बर्ष देखि अलपत्र परेको शहकारी ऐनलाई ब्यबस्थापिका संसदबाट पास गराएर ३३ हजार शहकारीलाई ब्यबस्थित बनाउन लागेको मन्त्री थानीले बताउनु भयो ।

प्रकाशित मितिः १७ माघ २०७३, सोमबार ०८:२८

Leave a Reply

Your email address will not be published. Required fields are marked *