संविधान कार्यान्वयनमा सरकार उदासिन – एमाले उपाध्यक्ष रावल

बद्री पन्त
जाजरकोट, ८ फागुन ।
नेकपा एमालेका उपाध्यक्ष एवं पुर्व गृहमन्त्री भीम रावलले संविधान कार्यान्वयनमा वर्तमान सरकार उदासिन देखिएको आरोप लगाउनु भएको छ । प्रेस चौतारी नेपाल जाजरकोट शाखाले खलंगामा आयोजना गरेको पत्रकार सम्मेलनमा रावलले यस्तो कुरा बताउनु भएको हो ।
सरकारमा रहेका प्रमुख दलहरु नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र नै संविधान कार्यान्वयनमा उदासिन रहेको भन्दै नेता रावलले यो सरकारको भुमिका भनेकै संविधान कार्यान्वयन गर्ने हो । यदि वर्तमान सरकारले संविधान कार्यान्वय गरेन भने सरकार सरकारमै रहन नैतिकताले नदिने बताउनु भयो । मुलुकमा राजनीतिक नैतिकताको खाँचो देखिएको र संविधान कार्यान्वयन जटिलता तिर धकेलिएको त हौइन भन्दै आशंका व्यक्त गर्नु भयो । सत्ताको लोभमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र, मधेसी र विदेशीहरुको भाषा बोलिरहेको छन्, रावलको भनाइ थियो । संविधानको कार्यान्वयन र लोकतन्त्रको महत्वपुर्ण अभ्यास नै स्थानीय तहको निर्वाचन रहेको रावलले बताउनु भयो ।
नेता रावलले संविधान कार्यान्वयनका लागि जति सक्यो चाडो तीवटै निकायको निर्वाचन गरिसक्नु पर्ने भएतापनि सत्तासिनदलहरु यसतर्फ गम्भिर नबनेको आरोप लगाउनु भयो । नेकपा एमालेको नेतृत्वमा सरकार हुँदा सरकारले बनाएको निर्वाचन कार्यनीति समेत वर्तमान सरकारले व्यवास्ता गरेको बताउनु भयो । राज्यको पुर्नसंरचनामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले बखेडा झिकेका कारण त्यसो हुँन गएको र यसैगरी सत्तासिन राजनीतिक दलहरु निर्वाचनमा जानै नचाहेको समेत बताउनु भयो । यदि संविधान कार्यान्वयन र तीन तहको निर्वाचन वर्तमान सरकारले नगराए सत्ता साझेदार नेकपा माओवादी र नेपाली कांग्रेसले नै लिनुपर्ने रावलको आरोप थियो ।

प्रकाशित मितिः ८ फाल्गुन २०७३, आईतवार ०३:१२

Leave a Reply

Your email address will not be published. Required fields are marked *