सत्ताधारी दलहरु चुनावबाट भाग्दैछन —एमाले अध्यक्ष ओली

सुर्खेत, ५ चैत्र ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार स्थानीय निकायको निर्वाचनवाट भाग्न खोजेको आरोप लगाउनु भएको छ ।
नेकपा एमाले ६ नम्वर प्रदेश कमिटीले सुर्खेतमा गरेको आमसभालाई सम्वोधन गदै उहाँले एमालेको पक्षमा बढ्दो जनलहर देखेर सत्ताधारी दलहरु आत्तिएको बताउनु भयो ।
राष्ट्रियताको पक्षमा दृढ रुपमा उभिएकै कारण जनताले एमालेलाई विश्वास गरेको उल्लेख गदै उहाँले एमालेप्रति जनता आर्कर्षित भएको कारण चुनाव नगर्ने कोशिस भैइरहेको बताउनु भयो ।
कुनै पनि वहानामा चुनाव रोकिन नहुने उल्लेख गदै पूर्व प्रधानमन्त्री ओलीले चुनावको लागि एमाले अझ कडा रुपमा प्रस्तुत हुने उदघोष गर्नुभयो ।
संविधान कार्यान्वयनको लागि निर्वाचनको विकल्प नभएको भन्दै उहाँले चुनावको लागि दृढताको साथ उभिन सरकारलाई सुझाव दिनुभयो ।
पूर्व प्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सत्ताधारी दलहरुको कारण चुनाव नहुने सम्भावना बढेको बताउनु भयो ।
उहाँले घोषणा गरेको चुनाव गर्न नसक्ने भए सत्ता छाडन काँग्रेस माओवादीलाई चेतावनी समेत दिनुभयो ।
आमसभामा एमालेका महासचिव इश्वर पोख्रेलले चुनाव नगर्नको लागि सरकारले संविधान संशोधनको प्रस्ताव ल्याएको आरोप लगाउनु भयो ।
उहाँले देशको हित विपरीत ल्याउन लागको संविधान शंसोधनको प्रस्ताव एमालेले कुनै पनि हालतमा पारित हुन नदिने उल्लेख गर्नुभयो ।
आमसभामा ठुलो संख्यामा एमालेका नेता कार्यक्रताको सहभागीता रहेको थियो ।
प्रदेश कमिटीका इन्चार्ज तथा एमाले उपाध्यक्ष युवराज ज्ञवालीकको सभापत्विमा भएको कार्यक्रमको संचालन सह संयोजक तथा पोटिलव्यूरो सदस्य यामलाल कँडेलले गर्नु भएको थियो ।

प्रकाशित मितिः ५ चैत्र २०७३, शनिबार १३:०५

Leave a Reply

Your email address will not be published. Required fields are marked *