भौगोलिक क्षेत्रको आधारमा क्षेत्र निर्धारण गर्न दवाव आवश्यक छ —पूर्वमन्त्री कँडेल

सुर्खेत, २५ साउन ।
नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा प्रदेश नम्वर ६ का सहसंयोजक यामलाल कडेलले भौगोलिक क्षेत्रको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने बताउनु भयो ।
वीरेन्द्रनगर वडा कार्यपालिका –४ ले भैरवस्थानमा गरेको ६ नम्वर प्रदेश स्थापनाको लागि भएको आन्दोलनका सहिदहरुको दोस्रो स्मृति सभामा उहाँले भौगोलिक क्षेत्रको आधारमा क्षेत्र निर्धारण गर्नुपर्ने बताउनु भएको हो ।उहाँले जनसंख्याको आधार निर्वाचित क्षेत्र निर्धारण गर्दा ठुलो भौगोलिक क्षेत्र भएका जिल्लावाट केन्द्रमा प्रतिनिधित्व कम हुने उल्लेख गर्नुभयो ।
पूर्वमन्त्री समेत रहेका कँडेलले भौगोलिक क्षेत्रलाई वेवास्था गदै केही दलहरु जनसख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नु पर्ने अडान रहेको बताउनु भयो ।उहाँले प्रदेश स्थापनाको लागि जीवनको आहुती दिने सहिदहरु सधै जनताको वीचमा जीवित भैइरहने बताउनु भयो ।
कार्यक्रममा बीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले सहिदहरुकै कारण ६ नम्वर प्रदेश स्थापना भएकोले उहाँहरुलाई भुल्न नहुनेमा जोड दिनुभयो ।

यस्तै उपमेयर मोहनमाया ढकालले सहिदहरुले देखेको सपना पुरा गर्नको लागि लाग्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा वडाध्यक्ष निलकण्ठ खनालले सहिदहरुको सम्झनाको लागि सुर्खेतमा सहिद पार्क निर्माणको लागि वडा कार्यपालिकाले नगर कार्यपालिकामा प्रस्ताव पेश गरेको जानकारी दिनुभयो । वडा सदस्य कृष्णप्रसाद गौतमले संचालन गर्नु भएको कार्यक्रममा वडा सदस्य टीकाकुमारी घले लगायतले आफनो भनाई राख्नु भएको छ ।
दुई वर्षअघि आजकै दिन छैठौं प्रदेशको स्थापना गर्नको लागि भएको आन्दोलनको क्रममा सुर्खेतका टिकाराम गौतम, यामबहादुर विसी र गोपालसिं र जवार तथा जुम्लाका हरिबहादुर कुँवरको ज्यान गएको थियो ।

प्रकाशित मितिः २५ श्रावण २०७४, बुधबार ११:४०

Leave a Reply

Your email address will not be published. Required fields are marked *