विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्र सुर्खेत आउदै

सुर्खेत, ३२ साउन ।

संगठन विस्तारको लागि विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्र सुर्खेत आउने भएका छन ।

प्रदेशस्तरीय पार्टीको संगठन निर्माणको लागि मिश्र आउँदो भदौ २ गते सुर्खेत आउने विवेकशील साझा पार्टी सुर्खेतका प्रचार विभाग सदस्य शेरवहादुर खड्काले जानकारी दिए ।

७ नम्वर प्रदेशवाट संगठन विस्तार सुरु गरेको विवेकशील साझा पार्टीले भदौ ३ गते वीरेन्द्रनगरमा प्रदेशस्तरीय भेला गर्ने पनि उनले बताए ।

भेलाले जिल्ला, नगर र गाउँ स्तरमा संगठन निर्माण गर्नको लागि प्रदेश संयोजक चयन गर्ने बताएको छ ।

भेलालाई  विवेकशील साझा पार्टीका संयोजक मिश्र लगायतका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम पनि रहेको छ ।

 

प्रकाशित मितिः ३२ श्रावण २०७४, बुधबार ११:१४

Leave a Reply

Your email address will not be published. Required fields are marked *