सुर्खेतमा कांग्रेस उम्मेदवारहरुको टुंगो, खड्का र थानी संघमा सर्वसम्मत

सुर्खेत, १९ असोज ।
नेपाली कांग्रेस सुर्खेतले आउँदो मंसिर २१ गते हुने प्रदेश सभा र प्रतिनिधिसभा चुनावका लागि जिल्लामा उम्मेदवारहरुको अन्तिम टुंगो लगाएको छ ।
पार्टी कार्यालय गिरिजाप्रसाद कोइराला स्मृति भवनमा मंगलबार बसेको जिल्ला कार्य समितिको बैठकले गाउँ हुँदै क्षेत्रीय समितिबाट आएका नामहरुको सुझावसहित टुंगो लगाएको हो ।
प्रतिनिधिसभाको निर्वाचनका लागि क्षेत्र नं. १ बाट पार्टी सहमहामन्त्री, पूर्व गृहमन्त्री एवं केन्द्रीय सदस्य पूर्णबहादुर खड्का र क्षेत्र नं. २ बाट अर्का केन्द्रीय सदस्य एवं पूर्व सहकारी तथा गरिवी निवारण मन्त्री हृदयराम थानीको नाम सर्वसम्मत रुपले टुग्याएको बताइएको छ ।
प्रदेश सभातर्फ क्षेत्र नं. १ को निर्वाचन क्षेत्र (क) मा क्रमशः जिल्ला कार्य समिति सदस्य वीरेन्द्र रावत, केशर वली, पार्टी उपसभापति टेकबहादुर सिंह, पार्टी कोषाध्यक्ष अनन्त पौडेल, नरेशविक्रम ढकाल, अमृता शाही, उभिकला विक, सरस्वती सिंह र प्रकाश डीसी गरी ९ जनाकोे नाम सिफारिस गरिएको छ ।
सोहि क्षेत्रबाट समानुपातिकतर्फ क्षेत्रीय सभापति खड्गबहादुर पोखरेल, नारायण सापकोटा, नरबहादुर सुनार, वलिमाया बुढा, हिरामणि सुनार र ओवीसरा खत्री नगाललाई सिफारिस गरिएको छ ।
यस्तै, क्षेत्र नं. १ अन्तर्गतको निर्वाचन क्षेत्र (ख) मा प्रत्यक्षतर्फ क्रमशः क्षेत्रीय सभापति नारायण कोइराला, महासमित सदस्य झकबहादुर डाँगी, जिल्ला सदस्य गोविन्दबहादुर कोइराला, भेरीगंगा नगर सभापति वेदु गिरी, तरुण दलका पूर्व केन्द्रीय सदस्य डण्ड ढकाल र कमल आचार्यको नाम अघि सारिएको छ ।यो क्षेत्रबाट समानुपातिकमा कर्णबहादुर राना, टोपबहादुर टंलामी, लक्ष्मीदत्त पौडेल, देवकुमार ठाडा मगर, थिरबाहदुर ढकाल, वलबहादुर वली, हरिप्रसाद शर्मा, कृष्णबहादुर वली र तेजकुमारी गुरुङको नाम प्रस्ताव गरिएको छ ।
यसैगरी, क्षेत्र नं. २ को निर्वाचन क्षेत्र (क) मा पार्टी सभापति कमलराज रेग्मी, पूर्व पार्टी सभापति डम्बरविक्रम जी.सी र पूर्व पार्टी सचिव धर्मराज गिरीको नाम प्रस्ताव गरिएको छ ।
यस क्षेत्रबाट समानुपातिक तर्फ खड्गबहादुर वस्याल (सार्की), कालिप्रसाद शाक्य, श्यामकुमार भारती, पार्वती गिरी, निरञ्जन के.सी, गोपालकृष्ण गिरी, शान्ति सिंह, चन्द्रा खड्का, कमल गुरुङ, भवानी थानी, नारायाणप्रसाद सापकोटा, नन्दा गिरी, रमेश के.सी, लक्ष्मीबहादुर शाही र सत्तार वक्सलाई प्रस्ताव गरिएको छ ।
सोहि २ नं. क्षेत्रको (ख) बाट सूचना तथा संचार राज्यमन्त्री तप्तबहादुर विष्ट र पूर्व पार्टी उपसभापति यज्ञबहादुर वी.सी, पार्टी सचिव टोपबहादुर रावतलाई सिफारिस गरिएको छ ।
सो क्षेत्रको समानुपातिकका लागि लालवीर भण्डारी, भगे कामी, पदमदेव गिरी, रामकुमारी थापा, पूर्णबहादुर राना, गजराज जोशी, कृपाराम थापा, नेत्रबहादुर शाही, दीपककुमार थापा, रामप्रसाद तिमिल्सिना, मायाराम कंडेल, नरेन्द्रबहादुर शाही, नयनबहादुर भण्डारी, डिलबहादुर वीसी, झक्कडबहादुर वस्नेत, रत्नबहादुर थापा, वेला थापा, मोहनसिंह थापा, रेणु राना, खडबहादुर गन्द्रमा, पार्वती सापकोटा, कमला पौडेल, अमृता पुलामी, जगतकुमारी थापा, लक्ष्मी पुन र उदबहादुर सिंजाली गरी २६ जनाको नाम प्रस्ता गरिएको छ ।
नेपाली कांग्रेस सुर्खेतले प्रतिनिधि सभाका लागि समानुपातिक तर्पm क्षेत्र नं. १ बाट लालबहादुर घले र चुके वादीलाई अघि सारिएको छ ।
यस्तै क्षेत्र नं. २ बाट प्रतिनिधिसभाका लागि शिवराज जोशी, गोविन्दबहादुर मल्ल, जानकी सिंह, भिष्मराज हमाल, लोकबहादुर विक, कलमबहादुर खत्री, चाँदनी ढकाल, साधना घिमिरे, हेमा वन, डम्मरकुमारी उपाध्याय र सञ्जुसिंह विश्वकर्माको नाम प्रस्ताव गरिएको छ ।
गाउँ समिति र क्षेत्रीय समितिबाट सर्वसम्मत भएर आएका नामहरुलाई सर्वसम्मत रुपले टुंगो लगाइएको पार्टी सभापति कमलराज रेग्मीले बताए ।
गाउँदेखि नै सर्वसम्मत रुपमा नाम सिफारिस भएर आउनुलाई आपूmले सकारात्मक रुपमा लिएको बताउँदै सभापति रेग्मीले भने–यसबाट पार्टीपंक्तिमा नयाँ उत्साह संचार भएको छ ।

 

प्रकाशित मितिः १९ आश्विन २०७४, बिहीबार ०१:०१

Leave a Reply

Your email address will not be published. Required fields are marked *