सुर्खेत, १४ कात्तिक ।
नेकपा एममालेका पोलिटब्युरो सदस्य तथा ६ नम्बर प्रदेश सहसंयोजक यामलाल कँडेलले वामगठवन्धन निर्वाचनमा तालमेल हुदै पार्टी एकीकरणसम्म पुग्ने वताएका छन ।
वीरन्द्रनगरमा भएको जिल्ला स्यतरीय संयुक्त कार्यकर्ता भेलामा उनले समाजवादको आधार निर्माण गर्नका लागि सबै वामपन्थी शक्तिहरु एक हुनको विकल्प नभएको उल्लेख गरे ।
पोलिटव्युरो सदस्य कँडेलले विगतलाई विर्सेर नयाँ शिराबाट अघि बढनु पर्नेमा पनि जोड दिए ।
कार्यक्रममा माओवादी केन्द्र सुर्खेतका संयोजक कृष्ण जिसी, केन्द्रका नेता गणेश भण्डारी, नरबहादुर विष्ट, एमाले नेता बालाराम शर्मालको सहभागीता रहेको थियो ।