कांग्रेस उम्मेदवारहरु गाउँ पसे विरासत जोगाउन कांग्रेसलाई जिताउँ

सुर्खेत, १८ कात्तिक ।
आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वँचनमा उम्मेदवार बनेका कांग्रेस नेताहरु गाउ पसेका छन् ।
सुर्खेत क्ष्ँेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार ह्दयराम थानी, क्ष्ँेत्र नं. २ का प्रदेश खका उम्मेदवार तप्तबहादुर विष्ट गाउमा हुने कार्यक्रममा सहभागी भइ कांग्रेस जिताउन आग्रह गरेका छन् ।


शनिवार नेपाल शिक्षक संघको पंचपुरी नगरस्तरीय भेलामा सहभागी बनी प्रतिनिधिसभा क्षेत्र नं. २ का उम्मेदवार एवं पूर्वमन्त्री थानीले विगतमा जितेर विरासत जोगाएको कांग्रेसलाई यसपटक पनि जिताएर विरासत कायमै राख्न आव्हान गरेका छन् ।
उनले सुर्खेत विगतमा कांग्रेसको गढ भएको स्मरण गर्दै अव पनि गढ नै रहने दावी गरे । उनले विकास र निकासको लागि पनि कांग्रेसको जीत अनिर्वाय भएकोले आपसी तिक्तता मेटेर चुनावमा होमिन नेता कार्यकर्ताहरुलाई सुझाव दिए ।
प्रदेशसभा उम्मेदवार एवं सूचना तथा संचार राज्यमन्त्री तप्तबहादुर विष्टले आफूहरु प्रतिनिधि पात्र मात्र भएकोले कांग्रेसलाई जिताउन आग्रह गरे ।
उनले कांग्रेसले मात्रै मुलुक बचाउनसक्ने भन्दै त्यसका लागि स्थानीय स्तरदेखि बिजयी अभियान थाल्न निर्देशन दिए ।
शिक्षक संघ पंचपुरी नगर समितिका सभापति प्रेम विष्टको अध्यक्षता भएको भेलामा पूर्व मन्त्री शिवराज जोशी, कांग्रेस सुर्खेतका सचिव टोपबहादुर रावतले कांग्रेसलाई जिताएर विरासत जोगाउन कार्यकर्ताहरुलाई अपिल गरे ।

प्रकाशित मितिः १८ कार्तिक २०७४, शनिबार २२:११

Leave a Reply

Your email address will not be published. Required fields are marked *