सुर्खेत, २७ कत्तिक
नेपाली काँग्रेस सुर्खेत प्रदेश सभा कका उम्मेदवार एंव नेपाली काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले जनताले महशुस गर्ने गरि विकास निमार्णका काम पुरा गरेको बताउनु भएको छ।
वीरेन्द्रनगरका वडा नम्वर ३ र ४ का टोल विकास समितिले गरेको छुटाछुटै कार्यक्रममा सभापती रेग्मीले लोकतन्त्रलाई संस्थागत गर्न र विकास निमार्णमा थप योगदान पुर्याउन आफुले प्रदेश सभामा उम्मेदवारी दिएको बताउनुभयो। रेग्मीले नेपाली काँग्रेसलाई मत दिइ विजय बनाए विकासका पुर्वाधारहरु निमार्णमा जुट्ने उहाँको भनाई छ।
नेपाली काँग्रेसले विकासलार्इ महत्व दिएका कारण जनताले विश्वास गरेको भन्दै त्यो विश्वासलाई मंसिर २१ गते हुने निर्वाचनमा मत दिएर विश्वास दिलाउन अपिल गर्नुभयो।
कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रिय सभापति नारायणकुमार कोइरालाले पहिलो संविधान सभाको निर्वाचनमा ठुलो पार्टि भएकाहरुले संविधान दिन नसकेको बताउदै दोस्रो संविधान सभामा नेपाली कांग्रस ठुलो दल भएपछि संविधान दिएको बताउनुभयो।
उहाँले यस पटकको निर्वाचनमा पनि जनताले नेपाली काँग्रेसलाई विजय गराए यो प्रदेशको आर्थिक सम्वृद्धि गर्ने बताउनुभयो।
कार्यक्रममा नेपाली काँग्रेस सुर्खेतका सचिव भुपेन्द्र खत्री, नेपाली काँग्रेसका निरञ्जन केसीलगायतका आफ्नो भनाइ राख्नुभएको थियो।