जनताको जीवन स्तर उकास्न दत्तचित्त छु -खड्का

सुर्खेत, १२ मंसिर ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सुर्खेतको क्षेत्र नं. १ बाट प्रतिनिधी सभा सदस्य उम्मेदवार पूर्णबहादुर खड्काले आफूले सांसद्का रुपमा नेतृत्व गर्दै आएदेखि नै निष्ठाको राजनीति गरेको बताएका छन् । मंगलबार भेरीगंगा नगरपालिकाको डुंग्रीखोलामा आयोजित आमसभालाइ सम्बोधन गर्दै आफू निर्वाचित् क्षेत्रको विकास र जनताको आर्थिक समृद्धिका लागि निष्पक्ष रुपमा लागेको बताए । करिब ३ दशकदेखिको राजनीतिक जीवनमा जनताको सुख र दुखको अनुभूति आफूलाइ स्पष्ट रहेको भन्दै पूर्व गृहमन्त्री समेत रहेका खड्काले जनताको जीवन स्तर उकास्न आफू दत्तचित्त भएर लाग्ने आश्वासन दिए ।
जनताको समृद्धिविना राजनीति अपूरो हुने भएकाले समृद्धिका लागि आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा नेपाली काँग्रेसलाइ नै जिताउन मतदातासंग आग्रह गरे । ०४८ सालदेखि आफूले शुरु गरेको विकास निर्माणलाइ पू्रा गर्न पनि जनताले नेपाली काँग्रेसलाइ नै मतदान गर्नुपर्नेमा खड्काले जोड् दिए । लोकतन्त्रको संस्थागत विकास गर्दै जनताको आर्थिक समृद्धिका लागि चिन्तन गर्ने एकमात्र पार्टी भनेको नेपाली काँग्रेस भएको दावी गर्दैए खड्काले विकासलाइ पूर्ण गति दिन यस पटक पनि काँग्रेसलाइ नै जिताउन मतदातालाइ अपिल गरे ।
नेपाली काँग्रेस लेखपराजुलका सभापति मानबहादुर डाँगीको सभापतित्वमा भएको आमसभामा नेपाली काँग्रेसका तर्फबाट समानुपातिकतर्फका उम्मेदवार लोकबहादुर विश्वकर्मालगायतले काँग्रेसलाइ जिताउन आह्वान गरेका थिए ।
थानी र रेग्मी घरदैलोमा व्यस्त
सुर्खेत, १२ मंसिर ।
नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि सुर्खेत क्षेत्र नं. २ का उम्मेदवार हृदयराम थानीले मंगलबार विरेन्द्रनगर नगरपालिका १३ इन्द्रपूरमा पुगेर मतदातासंग भेटघाट गरेका छन् । मतदातसंगको भेटघाटका क्रममा उनले मतदाताले राखेका खाने पानी र बाटोको समस्या लाइ विशेष प्राथमिकताका साथ शिघ्र समाधानमा लाग्ने प्रतिबद्धता जनाएका छन् । पूर्व सहकारी मन्त्री समेत रहेका थानीले इन्द्रपूर वासीको समस्या नै आफ्नो समस्या भएको भन्दै त्यसलाई यथासक्य छिटो समाधान गर्ने बताए ।
मतदातासंगको भेटघाटकै क्रममा काँग्रेसका तर्फबाट प्रदेश सभा सदस्यका लागि क्षेत्र नं. २ (क)का उम्मेदवार कमलराज रेग्मीले आफूले चुनाव जितेमा वडा वासीले उठाएका शिक्षा, स्वास्थ्य, खाने पानी, यातायात र विद्युतलगायतका समस्या समाधान गर्ने प्रतिबद्धता जनाए ।
घरदैलो कार्यक्रममा काँग्रेसका तर्फबाट समानुपातिकतर्फका उम्मेदवार पार्वति गिरी, जिल्ला समन्वय समितिका उप–संयोजक देवी भट्टराइ, सदस्य पूर्णा चालिसेलगायतको उपस्थिति रहेको थियो ।
यसैगरी, मंगलवार नै चुनाव प्रचारप्रसारका क्रममा वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदी र सुर्खेत जिल्लाका जनजाती संगठनका नेताहरुबीच आसन्न प्रदेश र प्रतिनिधि सभाको चुनावका विषयमा छलफल भएको छ ।
छलफलमा जनजातीको हित गर्ने पार्टी नेपाली काँग्रेस भएकाले जनजातीको तर्फबाट काँग्रेसलाइ नै मतदान गरिने संगठनका नेताहरुले बताएका छन् ।
सञ्चार राज्यमन्त्री विष्ट घरदैलो कार्यक्रममा
सुर्खेत, १२ मंसिर ।
नेपाली काँग्रेसका तर्फबाट प्रदेश सभा सदस्यका लागि सुर्खेतको क्षेत्र नं. २ (ख) का उम्मेदवार तप्तबहादुर विष्टले आफूले जितेमा जनताले राखेका मागहरु पूरा गर्दै जाने प्रतिबद्धता जनाएका छन् ।
मंगलबार आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत तातापानी र घाटगाउँका विभिन्न वस्तीमा मतदासंग भेटघाट गर्दै सूचना तथा सञ्चार राज्यमन्त्री समेत रहेका विष्टले स्थानीय जताले उठाएको समस्या समाधानका लागि सदैव लागी पर्ने आश्वासन दिए । उनले गत बर्ष आएको बाढीले फालेका झोलुङ्गे पुलहरु भएका स्थानमा पक्की पुल बनाएर जनतालाइ आवतजावतमा सहज गराउने समेत विश्वास दिलाए । एक विद्यालय दुइ कम्प्यूटर भन्ने आफ्नो अभियानलाइ पूरा गराउन पनि जनतालाइ नेपाली काँग्रेसलाइ मत दिनुपर्ने विष्टको धारणा थियो ।

घरदैलोमा व्यस्त उम्मेद्वारहरु
सुर्खेत, १२ मंसिर ।
चुनाव प्रचारप्रसारका क्रममा काँग्रेसका तर्फबाट सुर्खेत क्षेत्र नं. १ (क) का प्रदेश सभा उम्मेदवार टेकबहादुर सिंहले मतदातासंगको भेटघाटलाइ तिव्रता दिएका छन् । मतदाता भेटघाटको क्रममा मंगलबार सिंहले गुर्भाकोट नगरपालिका ३ धारापानीको टिमुरे, हिले र दामेचौरका विभिन्न वस्तीहरुमा पुगेर घरदैलो कार्यक्रम गरेका छन् ।
यसैक्रममा सिंहले प्रदेश सभा सदस्यमा आफू विजयी भएमा गाउँमा रहेका सडक, खाने पानी, सिचाइँ, बिजुली, विद्यालयलगायतका सबै खाले आवश्यकता पूर्तिका लागि लाग्ने प्रतिबद्धता जनाएका छन् । नेपाली काँग्रेस विकासवादी पार्टी भएको बताउँदै सिंहले गाउँ÷टोलमा दु्रत गतिको विकासका लागि रुख चिन्हमा मतदान गरी आफूलाई निर्वाचित् गराउन मतदाताहरुसंग अपिल गरे । उम्मेदवार सिंहले आसन्न निर्वाचनमा जताले आफूलाई जिताएमा युवाहरु वैदेशिक रोजगारीमा जाने हालको व्याप्त समस्या समाधानका लागि अग्रसर भएर लाग्ने समेत प्रतिबद्धता जनाएका छन् ।
घरदैलो कार्यक्रममा गुर्भाकोट नगरपालिकाका मेयर हस्त बहादुर पुन, काँग्रेस गाउँ कार्य समिति धारापानीका सभापति भुपेन्द्र डाँगी तथा वडा नं. ३ का वडा सदस्य दुर्गबहादुर वलीको समेत सहभागिता रहेको थियो ।
यसैबीच, प्रदेश सभा सदस्यका लागि काँग्रेसका तर्फबाट सुर्खेत क्षेत्र नं. १ (ख) का उम्मेदवार झकबहादुर डाँगीले चुनाव प्रचारप्रसारका क्रममा मंगलबार भेरीगंगा नगरपालिकाको ६, ७, ८ र ९ मा पुगेर मतदाताहरुसंग भेटघाट गरेका छन् । भेटघाटका क्रममा उम्मेदवार डाँगीले आफू निर्वाचित भएमा जनताले राखेका समस्याहरु समाधान गर्ने बताउँदै लोकतन्त्रको संस्थागत विकासका लागि काँग्रेसलाइ जिताउन आग्रह गरेका छन् । उनले विकास र समृद्धि ल्याउने पार्टी भनेकै नेपाली काँग्रेस भएकोले आसन्न निर्वाचनमा जनताले आफूलाइ जिताउनेमा विश्वास व्यक्त गरे ।
उम्मेदवार डाँगीको घरदैलो कार्यक्रममा भेरीगंगा नगरपालिकाका वडा नं. ६ देखि ९ सम्मका नेपाली काँग्रेस वडा कार्य समितिका सभापतिहरु तथा क्षेत्रीय समितिका सदस्य रामबहादुर राना, पदमबहादुर खत्रीलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः १२ मंसिर २०७४, मंगलवार १९:३६

Leave a Reply

Your email address will not be published. Required fields are marked *