सुर्खेत, १२ मंसिर ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य हृदयराम थानीले सुर्खेतको क्षेत्र नं. २ अन्तर्गतका प्रदेश र प्रतिनिधिसभाको चुनाव जिते एक वर्षमै सुुकुम्वासी समस्या समाधान गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।
सुर्खेत क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार थानीले आज विहान वीरेन्द्रनगर १३ को करैखोला र इन्द्रपुरको घरदैलोपछि यस्तो प्रतिवद्धता जनाउनुभएको हो ।
सुकुम्वासीहरुले लामो समयदेखि भोग्दै आएका समस्याहरुको पूर्ण समाधान गर्नका लागि प्रदेश र प्रतिनिधि सभाका दुबै सिटमा कांग्रेसले अनिवार्य जित्नुपर्ने उहाँको भनाई छ ।
पूर्व गरिवी निवारण तथा सहकारी मन्त्रीसमेत रहेका थानीले प्रदेश सभा र प्रतिनिधिसभामा कांग्रेसलाई जिताएको ६ महिनाभित्र ऐन बनाएर १ वर्षभित्र सुकुम्वासीका समस्या समाधान गर्ने वचन दिनुभयो ।
आपूmले चुनाव जितेमा स्थानीवासीको आवश्यक्ता र आग्रह बमोजिम गरगरेबाट पाँचघरे हुँदै कान्छीबजार जोड्ने ग्राबेल सडक बनाउने प्रतिवद्धता जनाएका थानीले हालको करैखोलाको ग्राबेल सडकलाई कालोपत्रे गर्ने वचनपनि दिनुभएको छ ।
यसैगरी स्थानीय किसान र गृहिणीले भोग्दै आएको सिंचाई र खानेपानीको समस्या समाधान गर्ने उहाँले दाबी गर्नुभयो ।
कार्यक्रममा प्रदेशसभा २ (१) का उम्मेदवार कमलराज रेग्मीले जनताको हीत र भलो चिताउने पार्टीलाई नै जनताले चुन्दै आएको भन्दै जनताको हीत र भलो चिताउने पार्टी कांग्रेसबाहेक अर्को पार्टी नभएको टिप्प्णी गर्नुभयो ।
नेपाली कांग्रेस वडा नंं १३ का सभापति दीपक कोइरालाको सभापतित्वमा कार्यक्रममा पूर्वमन्त्री शिवराज जोशी, पूर्व राज्यमन्त्री खड्गबहादुर वस्याल, क्षेत्रीय सभापति नारायण कोइरालालगायतको उपस्थिति रहेको थियो ।