कांगे्रसले नै प्रदेशको विकासको नेतृत्व गर्छ

सुर्खेत, १३ मंसिर ।
सुर्खेत क्षेत्र नं. २ मा नेपाली कांग्रेसका प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवाहरुले प्रदेश स्थापनाको नेतृत्व गरेको कांगे्रसले नै प्रदेशको विकासको नेतृत्व गर्ने बताएका छन ।
चुनावी भेटघाट अन्तर्गत आज विहान वीरेन्द्र्रनगर १० मा पुगेका कांग्रेसका प्रत्यक्ष तथा समानुपातिक तर्पmका उम्मेदवारहरुले त्यसका लागि जनताले जिम्मेवारी दिनुपर्ने भन्दै यस्तो प्रतिवद्धता जनाएका हुन ।
६ नंं प्रदेशको स्थापनाका र सुर्खेतलाई प्रदेशको राजधानी बनाउनका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेको कांग्रेसलाई नै विकासको नेतृत्व र जिम्मेवारी सुम्पन्न उनीहरुले मतदातासमक्ष आग्रह गरेका छन ।


क्षेत्र नं. २ बाट प्रतिनिधिसभा उम्मेदवार हृदयराम थानीले प्रदेशको स्थापनाका लागि आपूmले सांसदको पद त्याग्न समेत तयार भएको स्मरण गर्दै सडक र संसदमा दिइएको दबावकै कारण ६ नं. प्रदेश स्थापना भएको जिकिर गर्नुभयो ।
टाउकामा कफन बाँधेर सडक आन्दोलनमा उत्रिएका जनताले दिएको उर्जा र संसदमा आपूmहरुले खेलेको दबावकारी भूमिकाकै कारण प्रदेशको स्थापना भएको भन्दै अब विकासको जिम्मेवारी दिन आग्रह गर्नुभयो ।
प्रदेश स्थापनाको नेतृत्व कांग्रेसले नै गरेको हो । पूर्वमन्त्री समेत रहेका थानीले भन्नुभयो–त्यसैले अब प्रदेशको समृद्धि, समुन्नति र विकासको नेतृत्वपनि कांग्रेसले नै गर्छ ।
सुर्खेतलाई राजधानी बनाउने गरी ठूल्ठूला भौतिक पूर्वाधार र विकास निर्माणका काम कांगे्रसले नै शुरु गरेको भन्दै उहाँले त्यसलाई पूरा गर्नका लागि कांग्रेसको जीत अपरिहार्य रहेको तर्क गर्नुभयो ।
कार्यक्रममा प्रदेशसभा २ (१) का उम्मेदवार कमलराज रेग्मीले नेपाली कांग्रेसले प्रदेशको समृद्धि र विकासको अठोट लिएको भन्दै त्यसका लागि जनताले साथ दिनुपर्नेमा जोड दिनुभयो ।
कांग्रेसले कोरेको विकासको खाका र संरचनाअनुसार नै अहिले सुर्खेत र सिंगो प्रदेश अघि बढिरहेको भन्दै पार्टी सभापतिसमेत रहेका रेग्मीले त्यसलाई सफलता र पूर्णता दिनपनि कांग्रेस नै सक्षम रहेको दाबी गर्नुभयो ।
यसैगरी, वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले वीरेन्द्रनगरलाई समुन्नत राजधानीका रुपमा विकास गर्नका लागि तल्लोदेखि माथिल्लो तहसम्म कांग्रेसको नेतृत्व हुनुपर्ने औल्याउनुभयो ।
स्थानीयदेखि, प्रान्तीय हुँदै केन्द्रीय सरकारसम्म कांग्रेसको दरिलो उपस्थिति भएमात्र अहिलेका विकासले सहज रुपमा पूर्णता पाउने र विकासको थप अभियान सञ्चालन हुने उहाँको तर्क छ ।
वार्ड सभापति रविन्द्रजंग शाहीको सभापतित्वमा भएको कार्यक्रममा समानुपातिक उम्मेदवारहरु गोविन्दबहादुर मल्ल, पार्वती गिरी, महाधिवेशन प्रतिनिधि गोपालकृष्ण गिरीलगायतले भनाई राख्नुभएको थियो ।

 

प्रकाशित मितिः १३ मंसिर २०७४, बुधबार १०:५५

Leave a Reply

Your email address will not be published. Required fields are marked *