जिल्लादेखि मुलूकसम्मकै नेतृत्व काँग्रेसले गर्छ – थानी

सुर्खेत, १४ मंसिर ।
सुर्खेत क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार हृदयराम थानीले जिल्ला, प्रदेश र मुलुकको विकासको नेतृत्व कांग्रेसले नै गर्ने बताएका छन् । उनले
निर्वाचनमा कांग्रेसलाई विजयी गराएमा विकासको नेतृत्व पनि गर्ने बताएका हुन् । बिहीवार वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ६ मा घरदैलो कार्यक्रम गर्दैपूर्व मन्त्रीसमेत रहेका नेता थानीले सुर्खेतमा अहिलेसम्म विकासको काम कांग्रेसले नै गरेकोले अव पनि कांग्रेसलाई नै जिताएर थप जिम्मेवारी दिनआग्रह गरे । मुलुकको परिवर्तन गर्न र विकास गर्न कांग्रेस आवश्यक पर्ने भएकोले जनताले कांग्रेसलाई भोट दिएर जिताउन उनले जोड् दिए ।


प्रदेशसभा सदस्यका उम्मेदवार कमलराज रेग्मीले प्रदेश प्राप्तिको आन्दोलनमा कांग्रेसले नेतृत्वदायी भूमिका खेलेकोले अव कांग्रेसलाई जिताएर मूल्यांकन गर्नुपर्ने बेला आएको बताए । कार्यक्रममा वडा अध्यक्ष मोतीप्रसाद कँडेल, प्रदेश उद्योग बाणिज्य महासंघका अध्यक्ष पदमबहादुर शाहीलगायतले भनाइ राखेका थिए ।यसैगरी त्यसअघि वडा नं. १ र ४ मा उम्मेदवार थानी, रेग्मीलगायतले घरदैलो कार्यक्रम गरेका थिए ।
स्वास्थ्य र सडकमा प्राथमिकता
सुर्खेत, १४ मंसिर ।
पश्चिम सुर्खेतको तातापानी र वेतानमा भोट माग्न पुगेका नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुलाई स्थानीय मतदाताहरुले बड्डीचौर–बेनिघाट–दिपायल सडक, सालकोट स्वास्थ्य चौकीलाइ अस्पतालमा परिणत तथा सिचाइँ र खाने पानीका योजनाहरु बनाउने भए मात्र भोट दिने बताएका छन् । बिहिबार आफ्नो गाउँमा चुनावी प्रचारका शिलशिलामा गएका नेपाली काँग्रेसका तर्फबाट सुर्खेतको क्षेत्र नं. २ (ख) का उम्मेदवार तप्तबहादुर विष्ट र पञ्चपुरी नगरपालिकाका मेयर उपेन्द्र थापा समक्ष उनीहरुले यस्ता मागहरु राखेका हुन् ।
आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा नेपाली काँग्रेसलाइ जिताएमा बड्डीचौर–वेनिघाट–दिपायल सडक पिँच गर्न एसएनआरटीमार्फत अघि बढाइने र सालकोट स्वास्थ्य चौकीलाइ २५ शय्याको अस्पताल बनाउने प्रतिबद्धता पञ्चपुरीका मेयर उपेन्द्र थापा र प्रदेश सभा उम्मेदवार तप्तबहादुर विष्टले जनाएका छन् ।
उनीहरुले वेतानको खाने पानी आयोजनासंगै सुर्खेतको पश्चिममा विजुली वितरण गर्न बावियाचौरमा बनिरहेको सव–स्टेशन छिट्टै निर्माण गरी पश्चिमलाइ उज्यालो बनाउने समेत प्रतिबद्धता जनाए ।
मतदाताहरुले उठाएका मागका विषयमा बोल्दै प्रदेश सभा उम्मेदवार विष्टले विद्यालय भवन नभएको ठाउँमा भवन र फर्निचर नभएको ठाउँमा फर्निचर उपलब्ध गराउने आश्वासन दिएका छन् ।
चुनाव प्रचारप्रसारअन्तर्गतको घरदैलो कार्यक्रममा प्रदेश सभा सदस्य पदका उम्मेदवार तप्तबहादुर विष्ट, पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापा, नेपाली काँग्रेस सुर्खेत क्षेत्र नं. ३ का अध्यक्ष लालबिर भण्डारी, जिल्ला कार्य समिति सदस्य पूर्ण राना र महिला संघका रेणुका रानालगायतको उपस्थिति रहेको थियो ।
जनताले उठाएका मागहरु पूरा गर्छु -सिंह
सुर्खेत, १४ मंसिर ।
आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली काँग्रेसका तर्फबाट सुर्खेत क्षेत्र न. १ (क) का उम्मेदवार टेकबहादुर सिंहले सुर्खेतको दहचौरमा रहेको पर्यटकीय स्थल ‘सुनदह’लाइ सरसफाइ गरि पर्यटक भित्र्याउन पहल गर्ने आश्वासन दिएका छन् । चुनाव प्रचारप्रसारका क्रममा बिहिबार गुर्भाकोट नगरपालिका १२ दहचौरमा पुगेका सिंहले आफूले जितेमा जनताको आवश्यकता अनुसार खाने पानी, स्वास्थ्य, शिक्षा, सडकलगायतका मागलाई पूरा गर्ने वचन मतदातावीच राखेका छन् ।
घरदैलो कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्य समिति सुर्खेतको कोषाध्यक्ष अनन्त पौडेल, क्षेत्र नं. १ का क्षेत्रीय सभापति खड्क पोखरेल, गुर्भाकोट नगरपालिकाका प्रमुख हस्तबहादुर पुन तथा गुर्भाकोट १२ का वडा सभापति मदनबहादुर चन्दले पनि आसन्न निर्वाचनमा काँग्रेसलाइ जिताउन अपिल गर्दै उठाएका मागहरु पूरा गर्ने आश्वासन दिएका थिए ।

प्रकाशित मितिः १४ मंसिर २०७४, बिहीबार १८:४०

Leave a Reply

Your email address will not be published. Required fields are marked *