‘लेकवेशी, भेरीगंगा र गुर्भाकोट नगरपालिकालाई चक्रपथले जोड्ने’

सुर्खेत, १५ मंसिर ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सुर्खेत क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य म्मेदवार पूर्णबहादुर खड्काले शुक्रबार भेरीगंगा नगरपालिकाका विभिन्न वडाहरुमा पुगेर मतदाताहरुसंग भेटघाट गरेका छन् । भेटघाटका क्रममा खड्काले आफूले चुनाव जितेमा छिन्चु खोलामा तटबन्ध गरी वस्तीमा बाढीले क्षती हुनबाट बचाएको र सोही खोलाबाट नै लिफ्ट गरेर आयोजना निर्माण गरी छिन्चुका जनतालई खाने पानीको सुविधा उपलब्ध गराएको बताए ।


छिन्चुको झिलमिलेदेखि मैनतडा, मेहलकुना, दहचौर, गुमी, लेखफर्सा, दशरथपुर र रामघाट हुँदै चक्रपथ निर्माण गरी भेरी किनारमा रहेका लेकवेशी, भेरीगंगा र गुर्भाकोट नगरपालिकालाइ जोडेर नगरवासीलाइ यातायातको सहज पहुँचमा पु¥याउने प्रतिबद्धता जनाए ।
डाँगीद्वारा हात्तिखालमा घरदैलो
सुर्खेत, १५ मंसिर ।
आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली काँग्रेसका तर्फबाट सुर्खेत क्षेत्र न. १ (ख) का उम्मेदवार झकबहादुर डाँगीले शुक्रबार भेरीगंगा नगरपालिका ५ हात्तिखालका मतदाताहरुसंग भेटघाट गरेका छन् । भेटघाटका क्रममा डाँगीले आसन्न निर्वाचनमा आफूले जितेमा बबइदेखि हात्तिखालसम्मको सडक स्तरोन्नति गर्दै गाउँमा सीपमूलक शिक्षा दिन विद्यालयमा सोहीअनुसारका कार्यक्रमहरु राख्ने आश्वासन दिए । नेपाली काँग्रेसले जितेमा हात्तिखाल र गेरुवानीमा कृषि उत्पादन बढाउन सिचाइँको व्यवस्था गर्ने डाँगीले बताए ।
मतदाता भेटघाट कार्यक्रममा नेपाली काँग्रेस भेरीगंगा ५ का पार्टी सचिवलगायतका कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
यसैबीच, प्रदेश सभा सदस्यका लागि क्षेत्र नं. १ (क) का उम्मेदवार टेकबहादुर सिंहले गुर्भाकोट १४ गुमीमा आयोजना गरिएको चुनावी आमसभामा बोल्दै आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा काँग्रेसलाई जिताउन आग्रह गरे ।
गुमी–पातीहाल्न सडक निर्माणले भेरी बेल्टलाइ मात्रै नभएर सिम्ता दरालाइ समेत यातायताको पहुँचमा ल्याउन नेपाली काँग्रेसले गरेको पहल स्मरण गराउँदै उम्मेदवार सिंहले आसन्न निर्वाचनमा पनि काँग्रेसलाई जिताएमा यहाँका हरेक क्षेत्रका विकास हुने बताए ।

प्रकाशित मितिः १५ मंसिर २०७४, शुक्रबार १७:०१

Leave a Reply

Your email address will not be published. Required fields are marked *