नेता तथा कार्यकर्तालाइ निर्देशन

सुर्खेत, १५ मंसिर ।
नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि सुर्खेत क्षेत्र नं. २ का उम्मेदवार हृदयराम थानीले सुर्खेतस्थित नेपाल विद्यार्थी संघ र महिला संघका नेता तथा कार्यकर्ताहरुलाइ निर्वाचनमा सक्रीय भएर लाग्न निर्देशन दिएका छन् । शुक्रबार पार्टी कार्यालय सुर्खेतमा भएका छुट्टाछुट्टै कार्यक्रममा बोल्दै थानीले मंसिर २१ मा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचन काँग्रेसको पक्षमा पार्न सक्रीय भएर खट्न अनुरोध गरे ।


उनले यही मंसिर १८ गते हुने सुर्खेतको निर्वाचन क्षेत्र नं. २ को बृहत आमसभाको पूर्व सन्ध्यामा उपत्यका स्तरीय ¥यालीको आयोजना गर्न समेत निर्देशन दिए ।
यसैगरी, नेपाली काँग्रेसका तर्फबाट प्रदेश सभा सदस्यका लागि सुर्खेतको क्षेत्र नं. २ (क) का उम्मेदवार कमलराज रेग्मीले शुक्रबार नै वीरेन्द्रनगरको वडा नं. १० पदमपुर बेलघारीस्थित मुस्लिम समूदायका मतदाताहरुसंग भेटघट गरेका छन् ।
भेटघाटका क्रममा रेग्मीले आसन्न निर्वाचनमा जनताले आफूलाइ जिताएमा अल्पसंख्यक मुस्लिम समूदायका मागहरु पूरा गर्ने बचन दिएका छन् ।
उनले हरेक निर्वाचनमा वीरेन्द्रनगरस्थित मुस्लिम समूदायले नेपाली काँग्रेसलाई सहयोग गर्दै आएको उल्लेख गर्दै यस पटकको निर्वाचनमा पनि काँग्रेसलाइ जिताउन समूदायका नेताहरु सक्रीय भएर लाग्ने विश्वास व्यक्त गरे ।


मतदाता भेटघाटमा वीरेन्द्रनगर नगपालिकाका मेयर देवकुमार सुवेदी, नेपाली काँग्रेस सुर्खेतका क्षेत्रीय सभापति नारायण कोइराला, वीरेन्द्रनगर १० का वडा सभापति रविन्द्रजंग शाहीलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः १५ मंसिर २०७४, शुक्रबार १७:०७

Leave a Reply

Your email address will not be published. Required fields are marked *