जनतामा छाएको उत्साह नै वाम गठबन्धनको जीत हो -कँडेल

सुर्खेत, १६ मंसिर ।
नेकपा एमाले र माओवादी केन्द्रबीच भएको वाम गठबन्धन आसन्न निर्वाचनमा विजयी हुने प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर–२ (क) का उम्मेदवार यामलाल कंडेलले बताएका छन् । शुक्रबार वीरेन्दं्रनगर–६ मा घरदैलो अभियानका क्रममा उनले  जनतामा छाएको उत्साह नै वाम गठबन्धनको जीत भएको उनले आंैल्याए । ‘हामीले घरदैलो अभियान तीव्र पारिरहेका छौं  ।

’ उनले वीरेन्द्रनगरलाई ६ नम्बर प्रदेशको सुविधा सम्पन्न राजधानीका रुपमा विकास गर्ने, वीरेन्द्रनगरका गुरुयोजना पुनरावलोकन, निर्माण र कार्यान्वयन गर्ने, उपत्यकामा चक्रपथको यथाशीघ्र निर्माण तथा सञ्चालन गर्ने, अटोभिलेज र नगर बस सञ्चालनक, आधुनिक बसपार्क निर्माण तथा पार्किङ्ग स्थलको व्यवस्थापन गर्नेलगायतको एजेण्डालाई प्राथमिकतामा राखेको बताए । नेता कंडेलले आसन्न निर्वाचनमा नेतृत्वदायी भूमिकामा रहेर सुविधा सम्पन्न सिटी अस्पताल स्थापना गर्ने, उपयुक्त स्थलमा क्रिकेट खेलमैदानको व्यवस्था गर्ने, सुविधा सम्पनन कवर्डहल निर्माण गर्ने, सुर्खेतको औधोगिक क्षेत्रलाई प्रदेशमा प्राप्त कृषि, जल, पर्यटक, वन, जडिबुटी, खानीमा आधारित बनाई रोजगारीमूलक बनाउनेलगायतका एजेण्डाका साथ चुनावी अभियान तीव्र पारिएको जानकारी दिए ।


नेता कंडेलले घरदैलोका क्रममा सुकुम्वासीहरुका लागि लालपूर्जाको व्यवस्था तथा एकीकृत बस्ती विकास गर्ने, शित भण्डार, उन्नत बीउ विजन, कृषिको औद्योगिकरण व्यवसायीकरण, बजारीकरणको व्यवस्था गर्ने, स्थानीय भाषाहरुको साहित्यकला संस्कृतिको संरक्षण सम्वद्र्धन गरी अन्तर्राष्ट्रियस्तरको पर्यटकीय स्थलको विकास गर्ने प्रतिबद्धता जनाएका छन् । प्रदेशस्थापनाका लागि आफ्नो भूमिका गहन रहेको भन्दै निर्वाचनका क्रममा आश्वासन मात्रै नभई वीरेन्द्रनगरलाई प्रदेशको नमूना राजधानी बनाउने उनले दावी गरेका छन् । वाम गठबन्धनप्रतिको जनविश्वास नै जीतको आधार भएको उनको भनाई छ ।

प्रकाशित मितिः १६ मंसिर २०७४, शनिबार १९:३५

Leave a Reply

Your email address will not be published. Required fields are marked *