‘भेरी उपत्यकालाई आधुनिक शहर बनाएर जनतालाई सुम्पन्छु -खड्का

सुर्खेत, १७ मंसिर ।
प्रतिनिधि सभा सदस्य पदका लागि नेपाली कााँग्रेसका तर्फबाट सुर्खेतको क्षेत्र नं. १ का उम्मेदवार पूर्णबहादुर खड्काले सुर्खेतको भेरी उपत्यकालाई अबको १५ बर्षभित्र आधुनिक शहरका रुपमा जनतालाइ सुम्पने आफ्नो योजना रहेको बताएका छन् । आइतबार मेहलकुनामा आयोजित काँग्रेस क्षेत्र नं. १ सुर्खेतको बृहत चुनावी आमसभालाई सम्बोधन गर्दै खड्काले यस अघि २०७० मा निर्वाचनको निर्वाचनका बेला आफूले स्थानीयलाइ भेरी वारीपारी रहेका वस्तीहरुलाइ आधुनिक शहरका रुपमा विधास गर्ने भनेर गरेको प्रतिबद्धता अनुसार त्यसका लागि आवश्यक पूर्वाधार विकासका कार्यहरु भैरहेको बताए ।
आमसभालाई सम्बोधन गर्ने क्रममा काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका खड्काले सुर्खेतका विभिन्न क्षेत्रमा बाढीले कटान गरेका र बाढीले क्षती पु¥याउन सक्ने सम्भावित ठाउँहरुमा नदी नियन्त्रणको लागि ९६ करोड रुपैयाँको बजेट स्वीकृत गराएर आसन्न निर्वाचनका लािग आफू जनतासमक्ष भोट माग्न आएको स्पष्ट पारे । यस्तै धारापानीका प्रत्येक गाउँहरु छुने गरि रिङरोड बनाउन ४० करोड छुट्याइएको समेत खड्काले बताए ।लोकतन्त्रको संस्थागत विकास र रक्षाका लागि काँग्रेसको जीत अपरिहार्य रहेको बताउँदै खड्काले देशमा २४० बर्षीय निरंकुश शासन काँग्रेसकै नेतृत्वमा अन्त्य भएको उल्लेख गरे ।


विभिन्न समयमा मित्र राष्ट्रहरुबाट सहयोग प्राप्त गर्नेदेखि हरेक समयमा काँग्रेसले सफल नेतृत्व गरेको उल्लेख गर्दै पूर्व गृहमन्त्री समेत रहनुभएका खड्काले अब पनि देशको समृद्धिका लागि काँग्रेसको नेतृत्व अपरिहार्य रहेको औँल्याए ।
६ नं. प्रदेश स्थापनामा आफ्नो महत्वपूर्ण भूमिका रहेको भन्दै उनले विपक्षीहरुले यसलाइ उल्ट्याएर आफूमाथि आरोप लगाउन थालेको बताए । नेपालीहरुलाई लोकतान्त्रिक परिपाटीमा पु¥याउन काँग्रेसको बचनवद्धता पूरा भएको बताउँदै उनले हालसम्मका लोकतान्त्रिक उपलब्धीहरुमा काँग्रेसको मूख्य भूमिका रहेको उल्लेख गरेका छन् ।
खड्काले आफूले २०७० सालमा जितेर गएपछि त्यसबेला आफूले गरेका बाचाहरु क्रमसः पूरा गर्दै गएकोले आसन्न निर्वाचनमा पनि जनताले नेपाली काँग्रेसलाइ विश्वास गरेर जिताउने विश्वास आफूले लिएको बताए ।
सभामा प्रदेश सभा सदस्यका लागि क्षेत्र नं. १ (क) का उम्मेदवार टेकबहादुर सिंह, (ख) का उम्मेदवार झकबहादुर डाँगी, समानुपातिक उम्मेदवारहरु कृष्णा शाही, पार्वति गिरी लगायतले पनि विकासको निरन्तरताका लागि नेपाली काँग्रेसलाइ जिताउन मतदातासंग अपिल गरेका थिए ।
कार्यक्रममा काँग्रेसका क्षेत्रीय सभापति खड्क पोखरेल, जिल्ला कार्य समितिका कोषाध्यक्ष अनन्त पौडेल, सदस्य रामबहादुर सिंह, पूर्व सांसद् लालबहादुर घले, नेपाल महिला संघका जानकी सिंह, गुर्भाकोट नगरपालिकाका नगर सभापति हस्त पुनलगायत विभिन्न भातृ संगठनका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

काँग्रेस उम्मेदवारहरु घरदैलोमा
मंसिर, १७ सुर्खेत ।
वीरेन्द्र नगर नगरपालिका वडा नं ७ मा आइतबार विहान घरदैलो कार्यक्रम गर्दै नेपाली काँगे्रसका स्थानीय नेता तथा कार्यकर्ताहरुले नेपाली काँग्रैसलाई जिताउन मतदातासँग अपिल गरेका छन् । नेपाली काँग्रेसका वडासभापति धु्रवकुमार चपाइँको नेतृत्वमा गएको घरदैलो कार्यक्रमा वडा नं ७ का सदस्य दिलिप वाग्ले,सदस्य चन्द्रा नेपाली लगाएतको सहभागिता रहेको थियो ।
त्यसैगरि वीरेन्द्रनगरको वडा नं ९ खम्पा समुदाय र पिपल डाँडामा गरिएको कोण सभा र घरदैलो कार्यक्रममा नेपाली काँगे्रसका तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि सुर्खेत क्षेत्र नं. २ का उम्मेदवार हृदयराम थानीले यस अघि पनि आँफूले खम्पा समुदायको गुम्बा निर्माण गर्न १० लाख रुपैँया सहयोग गरेको र अबका दिनमा पनि बौद्ध शरोबर निर्माण गर्न आँफूले सक्दो सहयोग गर्ने बताउँदै निर्वाचनमा नेपाली काँगे्रसलाई जिताउन खम्पा समुदाए एकताबद्ध भएर लाग्न आग्रह गरे ।

आइतबार आयोजना गरिएको उक्त घरदैलो कार्यक्रममा क्षेत्र नं २ (क) प्रदेश सभाका सदस्य उमेदवार कमलराज रेग्मीले वीरेन्द्रनगरको मेयर नेपाली काँगे्रसले नै जितेको र प्रतिनिधि सभा र प्रदेस सभा पनि काँगे्रसले नै जितेमा विकास निर्माण गर्न सजिलो हुने भएकोले यहि २१ गते हुने निर्वाचनमा पनि काँगे्रसलाई जिताएर विकास निर्माणर्लाइ तिब्रता दिन सहज बनाइ दिन खम्पा समुदायलाई आग्रह गरे । कार्यक्रममा मेयर देवकुमार सुवेदि,नेपाली काँगे्रस क्षेत्र नं २ का क्षेत्रीय सभापति नारायण कोइराला र समानुपातिक तर्फका उमेदवारहरुको समेत उपस्थिति रहेको थियो ।


यसैगरि क्षेत्र नं २ (ख) प्रदेशसभा सदस्य उमेदवार तप्तबहादुर विष्टले पनि चौकुने गाउँपालिकाका ८, ९ र १० का सुड.ाकाँडा,झकमके,मिलनचोक,किथौरे र चुम्ल्यामुलमा घरदैलो गर्दै चुनाबमा काँगे्रसलाई जिताएर पश्चिमको विकासमा तिब्रता दिन अपिल गरेका छन् । कर्यक्रममा नेपाली काँगे्रसका स्थानीय नेताहरु किर्ति जोशी,मोहन थापा, जयपाल शाही लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

काँगे्रसल ेसुर्खेतका ३ ठाउँमा अन्तिम चुनावी सभा गर्दै
मंसिर, १७ सुर्खेत ।
यहि मंसिर २१ मा हुने दोसो्र चरणको निर्वाचन प्रचार प्रसारको कार्यक्रम १८ गते (आज राति १२ बजे ) देखि समाप्त भइ मौन अबधि शुरु हुनेछ ।मौन अबधि शुरु भएपछि चुनाव प्रचारका कुनै पनि गतिविधि गर्न पाइने छैन । त्यसैले निर्वाचन प्रचारको अन्तिम दिन, आज नेपाली काँग्रेस क्षेत्र नं १ सुर्खेतका प्रतिनिधि सभा सदस्य उमेदवार एवं नेपाली काँगे्रसका केन्द्रीय सदस्य पूणर््ाबहादुर खड्का सहित प्रदेश सभा(ख) सदस्य झकबहादुर डाँगीले आफ्नोचुनावी क्षेत्रको प्रचारप्रसारको अन्तिम बृहद् आमसभा चिँगाड दराको ढाँण खेतमा गर्दै छन भने क्षेत्र नं २का प्रतिनिधि सभा सदस्य एवं नेपाली काँगे्रस केन्द्रीय सदस्य हृदयराम थानी र प्रदेशसभा(क) सदस्य कमलराज रेग्मीले सदरमुकाम वीरेन्द्रनगरको घण्टाघरमा आयोजना गरिने आमसभालाई सम्बोधन गर्ने छन । त्यसैगरि क्षेत्र नं २ (ख) प्रदेश सभा सदस्य उमेदवार एवं सूचना तथा सन्चार राज्यमन्त्री तप्तबहादुर विष्टले आफनो चुनाव क्षेत्रको सदरमुकाम बाबिया चौरमा अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै छन । चुनावीसभा गर्नु अघि वीरेन्द्रनगरको मङ्गलगढि चोकबाट ¥याली निकाली उक्त ¥यालीले वीरेन्द्रनगर वजारमा शक्ति प्रदर्शन गर्दै घण्टाघरमा पुगेर आमसभामा परिणत हुने छ ।

डाँगीको घरदैलो कार्यक्रम
सुर्खेत, १७ मंसिर ।
यसैगरी, सुर्खेतको क्षेत्र नं. १ (ख) का प्रदेश सभा उम्मदेवार झकबहादुर डाँगीले आइतबार पनि घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् । उनले आइतबार लेकबेसी नगरपालिकाको साटाखानि र लामिडाँडा नजिकका वस्तीहरुमा पुगेर घरदैलो कार्यक्रम गरेका छन् ।
त्यसक्रममा उनले आफूले निर्वाचन जितेमा सदरमुकाम बीरेन्द्रनगर सँग जोडन सडक मार्ग निर्माण गरि साटाखानिमा सहज यातायातको पहूँच पु¥याउने बताए । । यस क्षेत्रका विद्यालयमा भौतिक सुविधाका लागि भवन निर्माण तथा फर्निचर, कम्प्यूटरको व्यवस्था गर्न पहल गर्ने डाँगीले आश्वासन दिए । उनले तरकारी खेती गर्ने कृषकहरुका लागि समयमै बिउपल र प्राविधिक सल्लाहका लगि जनशक्ति उपलब्ध गराउने व्यवस्था मिलाउन आफूले पहल गर्ने बताए ।

 

प्रकाशित मितिः १७ मंसिर २०७४, आईतवार २०:१८

Leave a Reply

Your email address will not be published. Required fields are marked *